दोस्रो चरणको मतदान अब असार १४ मा

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ १७, २०७४
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको दोस्रो चरणको मतदानको मिति असार १४ गतेका निम्ति तोकेको सरकारका एकजना मन्त्रीले जनाएका छन्।
  • यसअघि सोमबारको मन्त्रिपरिषद् बैठकले तराई केन्द्रित दलहरुलाई मनाउने उद्देश्यले जेठ ३१ का निम्ति तोकिएको मतदान असार ९ गतेलाई सारेको थियो।
  • तर उक्त दिन इस्लाम धर्मावलम्बीहरुको पवित्र रमजान महिनाको आखिरी शुक्रबार परेकाले त्यसलाई पुन: सारिएको रक्षामन्त्री बालकृष्ण खाँणले  बताए।

बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको दोस्रो चरणको मतदानको मिति असार १४ गतेका निम्ति तोकेको सरकारका एकजना मन्त्रीले जनाएका छन्।

यसअघि सोमबारको मन्त्रिपरिषद् बैठकले तराई केन्द्रित दलहरुलाई मनाउने उद्देश्यले जेठ ३१ का निम्ति तोकिएको मतदान असार ९ गतेलाई सारेको थियो।

तर उक्त दिन इस्लाम धर्मावलम्बीहरुको पवित्र रमजान महिनाको आखिरी शुक्रबार परेकाले त्यसलाई पुन: सारिएको रक्षामन्त्री बालकृष्ण खाँणले  बताए।

उक्त नयाँ मितिबारे निर्वाचन आयोगसंग अनौपचारिक कुराकानी भइसकेको उनले बताए।

मन्त्रिपरिषद

संशोधन

“विशेषगरि मुसलमानहरुको पर्व परेको अनि तराई केन्द्रित राष्ट्रिय जनता पार्टिलाई पनि चुनावमा सामेल हुन सहज होस् भनेर यो मिति सारिएको छ। अब फेरि सर्दैन,” खाँणले बताए।

उनले चुनावमा भाग लिन चाहने दललाई सहज बनाउने हिसाबले निर्वाचनसम्बन्धी कानूनमा संशोधन गर्न लागिएको बताए।

पहिलो चरण अन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ मा वैशाख ३१ गते मतदान भइसकेको छ।

प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणको मतदान हुनेछ।

यी प्रदेशमा तराईका जिल्ला समेटिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्थायी आवासका लागि थप चौबिस करोड रुपैयाँ निकासा
अस्थायी आवासका लागि थप चौबिस करोड रुपैयाँ निकासा
दुई ढुङ्गा बिचको तरुल “नेपाल” – चुडामणी खनाल
दुई ढुङ्गा बिचको तरुल “नेपाल” – चुडामणी खनाल
कांग्रेसको घोषणापत्रमा एमाले अध्यक्ष ओलीलाई किन यस्तो भनियो ?
कांग्रेसको घोषणापत्रमा एमाले अध्यक्ष ओलीलाई किन यस्तो भनियो ?
३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा
३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा
विश्वकपमा जापान अनुशासित खेल्यो, उपविजेता बन्दै अन्तिम १६ मा
विश्वकपमा जापान अनुशासित खेल्यो, उपविजेता बन्दै अन्तिम १६ मा
बलात्कारीलाई मृत्युदण्डको सजाय दिन सांसदको माग !
बलात्कारीलाई मृत्युदण्डको सजाय दिन सांसदको माग !
गोरखामा भूकम्पको धक्का
गोरखामा भूकम्पको धक्का
पारस खड्काकाे अर्धशतकीय पारी संगै नेपालले  दियाे नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य
पारस खड्काकाे अर्धशतकीय पारी संगै नेपालले दियाे नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य
देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रोसँग थाहा पायौँः सभापति लामिछाने
देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रोसँग थाहा पायौँः सभापति लामिछाने
कांग्रेसका तनहुँवासी नेताहरुद्वारा गोविन्दराजप्रति खेद व्यक्त
कांग्रेसका तनहुँवासी नेताहरुद्वारा गोविन्दराजप्रति खेद व्यक्त

तपाईंले छुटाउनुभयो कि?