द भ्वाइस अफ नेपाल सिजन–२ साउन ३१ गतेबाट हिमालय टीभीमा प्रसारण हुँदै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
५७ पटक हेरिएको
Shares
द भ्वाइस अफ नेपाल सिजन–२ साउन ३१ गतेबाट हिमालय टीभीमा प्रसारण हुँदै

सारांश

  • काठमाडौँ – गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा हुने भएको छ ।
  • टेलिभिजनले प्रसारण मिति र समय घोषणा गर्दै ३१ देखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ ।
  • नेपालमा ८ बजेको सुपर प्राइम टाइममा प्रसारण यो पहिलो रियालिटी सो हुने छ ।

काठमाडौँ – गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा हुने भएको छ । टेलिभिजनले प्रसारण मिति र समय घोषणा गर्दै ३१ देखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ । नेपालमा ८ बजेको सुपर प्राइम टाइममा प्रसारण यो पहिलो रियालिटी सो हुने छ ।

झण्डै २२ हजार आबेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन् । सुरिलो आवाजमार्फत् कोचको कुर्सी घुमाउने प्रतिभाको भाग्य पनि घुम्ने छ र उनीहरुको सांगीतिक यात्रा सुरु हुने छ । ‘निकै क्षमतावान प्रतिभाहरु ब्लाइन्ड अडिसनमा आइपुग्नुभएको छ’ कार्यक्रमका निर्देशक लक्ष्मण पौड्यालले भने–‘सबै एक से एक हुनुहुन्छ, प्रतिस्पर्धा निकै कडा छ ।’

पौडेलका अनुसार अघिल्लो बर्षका तुलनामा निकै ठूलो संख्यामा आकांक्षीहरु डिजिटल अडिसनमा सहभागी भएको हुँदा राम्रा प्रतिभाहरुको छनौटमा सहजता भएको छ । यसपटकको सिजनमा दुई जना कोच परिर्वतन भएका छन् । राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन् ।

कार्यक्रमको टाइटल स्पोन्सर युनाइटेड सिमेन्ट्स रहेको छ भने पावर्ड बाई एनआईसी एशिया बैंक र आईएनजी ग्रुप, को स्पोन्सरमा लोटस हर्वल र हिरो मोटरसाइकल तथा एसोसिएट स्पोन्सरमा केएनपी जापान पेन्टस, हिमालय हर्वल र पेमेन्ट पार्टनरमा प्रभु पे रहेका छन् । अनलाइन पार्टरमा अनलाइनखबर डटकम र क्यालेन्डर पार्टनरमा हाम्रो पात्रो रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड
पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड
करोडौँ ठगी गर्ने धर्मगुरु पक्राउ
करोडौँ ठगी गर्ने धर्मगुरु पक्राउ
ट्रकको ठक्करबाट चार बर्षे बालकको मृत्यु ! घटनाको विरोधमा स्थानीय र प्रहरीबीच झडप…
ट्रकको ठक्करबाट चार बर्षे बालकको मृत्यु ! घटनाको विरोधमा स्थानीय र प्रहरीबीच झडप…
के ‘सरप्राइज’ दिँदैछन् त ओली–प्रचण्ड ?
के ‘सरप्राइज’ दिँदैछन् त ओली–प्रचण्ड ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा संचालन गर्छु : पर्यटन मन्त्री अधिकारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा संचालन गर्छु : पर्यटन मन्त्री अधिकारी
त्रिशूली नदीमा बस खस्यो : १९ जनाको शव भेटियो, २० भन्दा बढी हराएको अनुमान
त्रिशूली नदीमा बस खस्यो : १९ जनाको शव भेटियो, २० भन्दा बढी हराएको अनुमान
दाङमा खुमबहादुर खड्कालाई भगवान मान्थे
आत्महत्याको संकेत कसरी पहिचान गर्ने ?
आत्महत्याको संकेत कसरी पहिचान गर्ने ?
१४ किलो सुन प्रकरण : घले समूहले १३८ केजी सुन भित्र्याएको छानबिन समितिकाे निष्कर्ष
१४ किलो सुन प्रकरण : घले समूहले १३८ केजी सुन भित्र्याएको छानबिन समितिकाे निष्कर्ष
युएईको कप्तान र उपकप्तान नै आउट: १० ओभरमा ३ विकेट, ३६ रन
युएईको कप्तान र उपकप्तान नै आउट: १० ओभरमा ३ विकेट, ३६ रन

तपाईंले छुटाउनुभयो कि?