धार्मिक आवरणमा हिंसा गर्नेहरु कारवाहीको दायरामा आउने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र २७, २०७४
|
|
५५ पटक हेरिएको
Shares
धार्मिक आवरणमा हिंसा गर्नेहरु कारवाहीको दायरामा आउने

सारांश

  • काठमाडौँ, २७ चैत ।
  • गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएकाले तिनलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पार्नुभएको छ ।
  • गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज मन्त्रालयमा ४८ धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परिसकेको र अन्यबारे खोजवीन जारी रहेको बताउनुभयो ।

काठमाडौँ, २७ चैत । गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएकाले तिनलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पार्नुभएको छ ।

गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज मन्त्रालयमा ४८ धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परिसकेको र अन्यबारे खोजवीन जारी रहेको बताउनुभयो ।

सो घटनाले आफूलाई दुखित तुल्याएको छ भन्दै गृहमन्त्रीले घटनामा संलग्नको पहिचान गरी कारवाहीको दायरामा ल्याउन आफूले सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘जातीयता र धर्मका नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सक्रिय भएका छन्, उनीहरुलाई कारवाहीको दायरामा ल्याइनेछ ।’’

प्रतिनिधिमण्डलको मागबमोजिम घाइते आचार्यको उपचारको खर्च सरकारले व्यहोर्न आवश्यक प्रक्रिया अगाडि बढाइने समेत उहाँले बताउनुभयो । प्रतिनिधिमण्डलले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने, घटनाको छानवीन गर्न आयोग गठन गरिनुपर्ने, सनातन हिन्दूधर्म र धर्मावलाम्बीमाथिको आक्रमण रोकिनुपर्ने, घाइते आचार्यको उपार खर्च सरकारले व्यहोर्नुपर्ने लगायत माग राखेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
चुनावी भिडन्तमा हात छिनिएको रिस फेर्न परिषद् बैठकमै हमला
चुनावी भिडन्तमा हात छिनिएको रिस फेर्न परिषद् बैठकमै हमला
देवताका पुजारी खड्काले छाउगोठ भत्कायो
लोकसेवाको विज्ञापन रोक्नु संघीयता विरोधी कार्य होः महेश बस्नेत
लोकसेवाको विज्ञापन रोक्नु संघीयता विरोधी कार्य होः महेश बस्नेत
वारेसनामामार्फत प्रधानमन्त्री देउवाले डडेल्धुराबाट उम्मेदवारी दिए
वारेसनामामार्फत प्रधानमन्त्री देउवाले डडेल्धुराबाट उम्मेदवारी दिए
दाह्री काट्दै केपी ओलीले किन भने यस्ताे ?
दाह्री काट्दै केपी ओलीले किन भने यस्ताे ?
बाँस्कोटालाई कारबाहीको माग गर्दै नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन
बाँस्कोटालाई कारबाहीको माग गर्दै नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन
भोजपुरको टेम्के डाँडा
भोजपुरको टेम्के डाँडा
मनाेरञ्जन समाचार : सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माग्नुपर्यो माफी ?
मनाेरञ्जन समाचार : सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माग्नुपर्यो माफी ?
कोरियाली शिखर सम्मेलन र स्थायी शान्तिको आशा !
कोरियाली शिखर सम्मेलन र स्थायी शान्तिको आशा !

तपाईंले छुटाउनुभयो कि?