धुञ्चेमा हिउँ प¥यो

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ २६, २०७५
|
|
५९ पटक हेरिएको
Shares
धुञ्चेमा हिउँ प¥यो

सारांश

  • रसुवा, २६ माघ , तीन दिनदेखिको निरन्तर वर्षासँगै आज धुञ्चे क्षेत्रमा हिमपात भएको छ ।
  • प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार गुम्बुडाँडाभन्दा माथिल्लो भेगअन्तर्गत सदरमुकाम धुञ्चेलगायत रसुवाको अधिकांश भागमा गए रातिदेखि हिमपात परेका कारण निकै चिसो भएको छ ।
  • यही माघ ८ गतेबाट पानी पर्न शुरू भएको र पटकपटकको वर्षासँगै परेको हिमपात यतिखेर समुद्री सतहदेखि एक हजार ६०० मिटरको भू–भागमा पुगेको बताइएको छ ।

रसुवा, २६ माघ , तीन दिनदेखिको निरन्तर वर्षासँगै आज धुञ्चे क्षेत्रमा हिमपात भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार गुम्बुडाँडाभन्दा माथिल्लो भेगअन्तर्गत सदरमुकाम धुञ्चेलगायत रसुवाको अधिकांश भागमा गए रातिदेखि हिमपात परेका कारण निकै चिसो भएको छ ।

यही माघ ८ गतेबाट पानी पर्न शुरू भएको र पटकपटकको वर्षासँगै परेको हिमपात यतिखेर समुद्री सतहदेखि एक हजार ६०० मिटरको भू–भागमा पुगेको बताइएको छ । ज्येष्ठ नागरिकलाई चिसोले बढी असर पु¥याएको छ भने युवा हिउँ खेल्न जुटेका छन् । धुञ्चेमा भने छ वर्षपछि हिमपात भएको समाजले जनाएको छ । उत्तरी रसुवा गत्लाङबाट प्राप्त जानकारीअनुसार गत्लाङ क्षेत्रमा एक मिटरभन्दा बढी हिमपात भएको छ ।

हिमपातले मानिस घर बाहिर निस्कने अवस्था नभएको २०० भन्दा बढी चौपायाको चरण क्षेत्र हिउँले छोपेबाट घाँसको सङ्कट पर्दै गएको गत्लाङका स्थानीयवासी मार लामाले बताउनुभयो । हिमपातको समयमा पशु आहारा सञ्चय गर्न कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकद्वारा विगतमा पाएको सीपले सुकाइ राखेका घाँस पनि सकिँदै गएको पशुपालक किसानले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेट मैदान निर्माण गर्न जग्गा हेर्न भावना घिमिरे सहित धुर्मुस पोखरामा
क्रिकेट मैदान निर्माण गर्न जग्गा हेर्न भावना घिमिरे सहित धुर्मुस पोखरामा
उपत्यका प्रहरी : कारवाहीभन्दा पुरस्कृत धेरै
उपत्यका प्रहरी : कारवाहीभन्दा पुरस्कृत धेरै
नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ – मुख्य प्रशिक्षक केसी
नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ – मुख्य प्रशिक्षक केसी
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
भिटामिनको जलप लगाएर मानव स्थास्थ्यमाथि खेलबाड, एउटा रोक्ने, अर्को अनुमति ठोक्ने !
भिटामिनको जलप लगाएर मानव स्थास्थ्यमाथि खेलबाड, एउटा रोक्ने, अर्को अनुमति ठोक्ने !
माओवादी केन्द्र र फोरम नेपाल दुई÷दुई तथा काँग्रेस एक स्थानीय तहमा विजयी
माओवादी केन्द्र र फोरम नेपाल दुई÷दुई तथा काँग्रेस एक स्थानीय तहमा विजयी
अाशा गरिएकाे जुडोमा पनि नेपाल पदकविहीन !
अाशा गरिएकाे जुडोमा पनि नेपाल पदकविहीन !
कोरोना अपडेटः आज थपिए ३२३ जना
कोरोना अपडेटः आज थपिए ३२३ जना
Will be Mail Buy Spouse Legalities Working For Me personally?
चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने
चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने

तपाईंले छुटाउनुभयो कि?