धुर्मुस सुन्तली फाउण्डेसनको रंगशाला निर्माण असफलतातर्फ उन्मुख !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
३५ पटक हेरिएको
Shares
धुर्मुस सुन्तली फाउण्डेसनको रंगशाला निर्माण असफलतातर्फ उन्मुख !

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

धुर्मुश–सुन्तली फाउण्डेशन र भरतपुर महानगरपालिकाको साझेदारीमा चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य सुस्त भएको छ ।

फाउण्डेशनका प्रमुखद्वय सिताराम कट्टेल (धुर्मुश) र कुञ्जना घिमिरे (सुन्तली) पछिल्लो समय रंगशाला निर्माणको लागि भन्दापनि आफ्नो कलाकारितामा बढि केन्द्रित भएपछि यो ‘ड्रिम एण्ड मेगा प्रोजेक्ट’ द्रुत गतिमा निर्माण सम्पन्न हुनेमा आशंका उब्जिएका छन् ।

हुन त केही समय अघि रंगशाला निर्माणको लागि धुर्मुश सुन्तलीलाई चरम आर्थिक संकट परेको खबर पनि बाहिरिएका थिए । तर, धुर्मुश निकट उच्च स्रोतले दिएको जानकारीअनुसार धुर्मुश–सुन्तली यतिवेला रंगशाला निर्माणमा भन्दापनि फिल्म निर्माणमा बढि केन्द्रित भएका छन् । उनीहरुको देश तथा विदेश दौडाह पनि जारी नै छ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा निकै तामझामका साथ घोषणा गरिएको उक्त परियोजना साकार नहुने अनुमानहरु गर्न थालिएको छ ।

चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसरभित्रको शान्ति चोकमा रहेको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण भैरहेको छ ।

सुरुमा यो प्रोजेक्टलाई सफल बनाउनको लागि देश तथा विदेशमा रहेका नेपालीहरु पनि सहयोग गर्न ईच्छुक थिए । तर, विदेशमा बस्ने नेपालीहरुले धुर्मुश–सुन्तलीलाई पहिले विगतमा गरेझैं सहयोगी मन र हात भने बढाएनन् । कतिपय देशका कार्यक्रममा सहभागी हुँदा धुर्मुश–सुन्तली रित्तो हात फर्किएको पनि समाचारहरु बाहिर आएका थिए । यसमा कति सत्य छ वा छैन भन्ने कुरा अहिले ठोकुवा गरेर भन्न सकिने अवस्था छैन । तर, यति भन्न सकिन्छ यो प्रोजेक्ट सफल तुल्याउन भन्दै चालिएको सुरुवाती पहलकदमी नै गलत थियो र यसबाट धुर्मुश र सुन्तलीमा आशाको सञ्चारभन्दापनि निराशाको बादल बढि छायो ।

तर, सरकारले यो परियोजनामा धुर्मुश–सुन्तलीलाई केही समय पर्खिने सोच बनाएको छ। अझैपनि निर्माण कार्यको काममा गति देखिएन भने सरकार आफैंले हस्तक्षेप गरेर भएपनि रंगशाला बनाउने भएको छ । नेपालको मौलिकतासहित निर्माण हुन लागेको रंगशाला स्तुप आकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ। जसले अन्तर्रा्िष्ट्रय क्षेत्रमा ख्याति कमाएका खेलाडीहरूलाई मुस्कुराउँदै स्वागत गर्नेछ।

शान्त बग्ने नारायणी नदी र सुन्दर हिमालको समेत दृश्य हेर्न सकिने रंगशाला नेपालको पहिचानको रंगशाला बन्नेछ। रंगशाला प्रवेशद्वारमै पाथिभरा, बुढासुब्बा, हलेसी, जनकपुरधाम, बडिमालिका, पशुपति, बौद्ध स्वयम्भुनाथ, विन्दबासिनी, सिद्धबाबा, स्वर्गद्वारी, लुम्बीनीसहित सिंगो नेपालले स्वागत गरिरहेको हुनेछ।

विश्वस्तरीय प्याराफिटमा बसेर खेल हेर्न सकिनेछ। यो रंगशालामा चार वटा ढोका हुनेछ। १३५ मिटर ब्यासमा बन्ने रंगशालामा देश विदेशबाट आउने विशिष्ट व्यक्तिका लागि विशेष लबिको व्यवस्था हुनेछ। ठाउँ ठाउँमा हुने एलइडी स्क्रिनबाट खेललाई अझै नजिकबाट नियाल्न सहयोग पुग्नेछ। स्पेशल फर्डलाइट जडान गरिएको मैदानमा दिन र रातको फरक हुनेछैन।

नेपालमा हुने विश्वस्तरीय खेल नेपालबाट प्रत्यक्ष प्रशारणका उत्कृष्ट मिडिया सेन्टर स्थापना हुनेछ। यसबाट नेपालको मौलिकताको पनि प्रचार हुनेछ। जसले नेपालको पर्यटन विकासमा ठूलो भूमिका हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?