धुलिखेल नगर कार्यसम्पादनमा उत्कृष्ट

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ७, २०७९
|
|
४८ पटक हेरिएको
Shares
धुलिखेल नगर कार्यसम्पादनमा उत्कृष्ट

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा धुलिखेल नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ ।
  • जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल नगर सबैभन्दा बढी अङ्क ६५ दशमलव प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो ।

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा धुलिखेल नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल नगर सबैभन्दा बढी अङ्क ६५ दशमलव प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो ।

काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । जसमा नमोबुद्ध नगरपालिकाले ६४ दशमलव ६० अङ्क हाँसिल गरी दोस्रो स्थान तथा ६२ दशमलव १३ अङ्क प्राप्त गरी चौँरीदेउराली गाउँपालिका तेस्रो भएको छ । चौंरीदेउराली जिल्लास्थित गाउँपालिकामध्ये पहिलो भएको छ ।

आयोगको प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहमा बनेपा नगरपालिकाले ६१ दशमलव ८५, रोशी गाउँपालिकाले ६१ दशमलव १२, बेथानचोक गाउँपालिकाले ५९ दशमलव ८७, पनौती नगरले ५५ दशमलव ३८, भुम्लु गाउँपालिकाले ५२ दशमलव ९०, खानीखोला गाउँपालिकाले ५२ दशमलव २८, पाँचखाल नगरले ५२ दशमलव २५, तेमाल गाउँपालिकाले ४९ दशमलव ८७, मण्डनदेउपुर नगरले ४६ दशमलव ५७ र महाभारत गाउँपालिकाले ४६ अङ्क प्राप्त गरेका छन् ।

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १९ सूचकलाई मध्यनजर गर्दै प्रदेशकोसमेत कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।

सोही अनुसार बागमती प्रदेशले भने ३६ दशमलव एक अङ्क प्राप्त गरेको हो । यसमा लेखापरीक्षण, बेरुजु फछ्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ ।

‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८’ का आधारमा मूल्याङ्कन गरेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशलाई यस्तो अङ्क प्रदान गर्ने गर्दछ । कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा प्रदेश तथा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ ।

(hotcanadianpharmacy.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रमण वर्षको पहिलो दिन झण्डाचुली चुचुरोमा फहरायो राष्ट्रिय झण्डा
भ्रमण वर्षको पहिलो दिन झण्डाचुली चुचुरोमा फहरायो राष्ट्रिय झण्डा
४ न्यायाधीशले पत्रकार सम्मेलन गर्दै भने- ‘प्रधानन्यायाधीशका कारण लोकतन्त्र जोखिममा’
४ न्यायाधीशले पत्रकार सम्मेलन गर्दै भने- ‘प्रधानन्यायाधीशका कारण लोकतन्त्र जोखिममा’
अष्ट्रेलियाको मेलबर्न शहरमा तीज कार्यक्रम सम्पन्न, अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यता
अष्ट्रेलियाको मेलबर्न शहरमा तीज कार्यक्रम सम्पन्न, अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यता
सभामुखसँग बेलायती सांसदहरुको भेटवार्ता
सभामुखसँग बेलायती सांसदहरुको भेटवार्ता
सिन्धुपाल्चोकको चुनावी एजेण्डा : पर्यटन विकास
सिन्धुपाल्चोकको चुनावी एजेण्डा : पर्यटन विकास
ट्याक्टरले च्यापेर चालकको मृत्यु
ट्याक्टरले च्यापेर चालकको मृत्यु
आज श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईँदै
आज श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईँदै
मृतक भनी दाहसंस्कार गरिएका सुवास जीवितै फर्किएपछि…
मृतक भनी दाहसंस्कार गरिएका सुवास जीवितै फर्किएपछि…
‘पहुँचवाला’लाई प्रदेशमै व्यवस्थापन गर्ने खेल, सशस्त्रमा फेरि भाँडभैलो
‘पहुँचवाला’लाई प्रदेशमै व्यवस्थापन गर्ने खेल, सशस्त्रमा फेरि भाँडभैलो
अब जापानको उरुतोरा रेस्टुरेन्ट नेपालमा पनि
अब जापानको उरुतोरा रेस्टुरेन्ट नेपालमा पनि

तपाईंले छुटाउनुभयो कि?