नम्रता श्रेष्ठलाई फेरि सेक्स भिडियो काण्डको त्रास !

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन २४, २०७५
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ, २४ असोज ।
  • नायिका नम्रता श्रेष्ठको जीवनीमाथि तयार पार्ने भनिएको पुस्तकमा किचलो सुरु भएको छ।
  •  लेखक सविन प्रियसनले नायिका नम्रता श्रेष्ठको सफलता र साहिसिक कदमलाई प्रेरणाको रुपमा व्याख्या गर्दै पुस्तक निकाल्न केही समय अघि मौखिक सहमती लिएका थिए।

काठमाडौ, २४ असोज । नायिका नम्रता श्रेष्ठको जीवनीमाथि तयार पार्ने भनिएको पुस्तकमा किचलो सुरु भएको छ। लेखक सविन प्रियसनले नायिका नम्रता श्रेष्ठको सफलता र साहिसिक कदमलाई प्रेरणाको रुपमा व्याख्या गर्दै पुस्तक निकाल्न केही समय अघि मौखिक सहमती लिएका थिए। उनले सहमति पनि दिएकी थिइन्। तर आफ्नो जीवनीमाथिको पुस्तकलार्इ लिएर पछिल्लो समय नायिका नम्रता श्रेष्ठ हच्किएकी छिन् ।

आफ्नो पुराना भिडियो काण्डको पुन चर्चा हुने त्रासले उनी पछि हटेको बताइन्छ। करिब ९ वर्षअघि डिजे तान्त्रिकसँगको उनको सेक्स भिडियो सार्वजनिक भएको थियो। त्यसपछि उनले आफ्नो फिल्म करिअरमा दिएको निरन्तरतालाई ‘साहसिक र उदाहरणीय’ भन्दै त्यसमाथि पुस्तक लेख्ने तयारी गरिएको थियो।  यो विषयमा सम्पर्क गर्दा नम्रताले कुनै प्रतिक्रिया दिइनन्। उनका सहयोगीले  भने, ‘पुस्तक लेख्न नम्रता आफैँ सक्षम छिन्, अरु कसैले जीवनी लेख्न आवश्यकता छैन।’ यता लेखक तथा उपन्यासकार प्रियसन आफूले २ वर्ष अघि नम्रतासँग पुस्तकका लागि मौखिक समहमती लिएको बताउँछन्।

‘विभिन्न सञ्चारमाध्यममा खबरहरु बाहिरिएपछि मलाई फोन आएको थियो। दशैँ पछि हाम्रो भेटघाट हुनेछ। त्यसै भेटमा पुस्तक निकाल्ने ननिकाल्ने टुङ्गो हुन्छ’, उनले भने। नम्रताको सफलता र आँट एउटा साहासिक कदम र अरुका लागि प्रेरणादायी हुने भएकाले पुस्तक लेख्न प्रयास गरेको उनले बताए। ‘मैले पाण्डुलिपी पठाइसकेको छु। त्यसमा उहाँले करेक्सन गर्न सक्नुहुन्छ’, नम्रताको चित्त दुःखाएर आफू लेखक बन्न नचाहेको भन्दै उनले थपे, ‘उहाँको मन दुख्ने गरी आफूले पुस्तक निकाल्न खोजेको होइन, त्यसो गर्दिनँ।’

पहिला पुस्तकका लागि स्वीकृति दिएकी नम्रताले अन्तिम समयमा किन असन्तुष्टि जनाइन् त ? ‘सायद त्यो भिडियो काण्डको कुरा फेरि अनावश्यक रुपमा उठ्ने चिन्ता उहाँमा हुनसक्छ’, प्रियसनले  भने, ‘मैले पुस्तकमा त्यो प्रकरण उठाएको छैन। समाचारहरुमा सेक्स प्रकरणलाई बढी प्राथमिकता दिएपछि उहाँमा चिन्ता बढेको हुन सक्छ।’ आफूले लेखेको पुस्तकमा भिडियो काण्डबारे केही उल्लेख नभएको उनले दाबी गरे।

(goldchannel.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोइला जान पाम भन्ने ओलिले पार्टीको झ्न्डा नै फेरे पछि…
पोइला जान पाम भन्ने ओलिले पार्टीको झ्न्डा नै फेरे पछि…
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
देशमा समृद्धिको अभियान शुरु भयो: मन्त्री बाँस्कोटा
देशमा समृद्धिको अभियान शुरु भयो: मन्त्री बाँस्कोटा
विश्व समाचार : उत्तर कोरिया र अमेरिकाबीच वार्तालाई निरन्तरता दिन सहमत
विश्व समाचार : उत्तर कोरिया र अमेरिकाबीच वार्तालाई निरन्तरता दिन सहमत
राष्ट्रियसभा बैठक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा बैठक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
आमिर खान र अमिताभ बच्चनकाे  ‘ठग्स अफ हिन्दोस्तान’ काे  ट्रेलर  रिलिज
आमिर खान र अमिताभ बच्चनकाे ‘ठग्स अफ हिन्दोस्तान’ काे ट्रेलर रिलिज
काठमान्डौबाट गुफापोखरिका लागि छुट्यो बुलेट ;पुर्वमन्त्रि बस्नेतले गरे बिदाइ।
काठमान्डौबाट गुफापोखरिका लागि छुट्यो बुलेट ;पुर्वमन्त्रि बस्नेतले गरे बिदाइ।
कठजाेरमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिच अन्तरक्रिया
कठजाेरमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिच अन्तरक्रिया
आठ हजार कुष्ठरोगीको उपचार
आठ हजार कुष्ठरोगीको उपचार
प्रधानमन्त्री ओलीबाट जनताको लगानीमा जनताको शेयर आवेदन शुभारम्भ
प्रधानमन्त्री ओलीबाट जनताको लगानीमा जनताको शेयर आवेदन शुभारम्भ

तपाईंले छुटाउनुभयो कि?