नयाँ नियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीको शपथ ग्रहण ११ बजे
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गरेपछि नवनियक्त मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहण आज हँुँदैछ।
- बिहीबार विहान ११ बजे राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहण हुने राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ।
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गरेपछि नवनियक्त मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहण आज हँुँदैछ। बिहीबार विहान ११ बजे राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहण हुने राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ।
प्रधानमन्त्री ओलीले बुधबार दुई राज्यमन्त्रीसहित आठ जना मन्त्रीलाई पदमुक्त गर्दै तीन राज्यमन्त्रीसहित ९ जना मन्त्रीलाई नियुक्त गरेका थिए।
प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, उद्योग मन्त्री मातृका यादव र कृषि मन्त्री चक्रपाणि खनाललाई पद मुक्त गर्दै भौतिक पूर्वाधार मन्त्रीमा वसन्तकुमार नेम्वाङ, कृषि मन्त्रीमा घनश्याम भुसाल, श्रम तथा रोजगार मन्त्रीमा रामेश्वर राय यादव, उद्योगमा लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमा हृदयेश त्रिपाठी महिला बालबालिकामा पर्वत गुरुङलाई नियुक्त गरेका थिए।
नव नियुक्त मन्त्री र राज्यमन्त्रीलाई राष्ट्रपतिले शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ।
नव नियुक्त मन्त्री र राज्यमन्त्रीलाई राष्ट्रपतिले शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया