नयाँ सरकार दिन नसके पुनः संसद विघटन हुनसक्छ; कमल थापा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन २१, २०७७
|
|
५५ पटक हेरिएको
Shares
नयाँ सरकार दिन नसके पुनः संसद विघटन हुनसक्छ; कमल थापा

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा पुर्नस्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिलाई कता डोर्याउने भन्ने निर्णायक भूमिकामा कांग्रेस रहेको बताएका छन् ।
  • उनले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको समेत बताए ।
  • शुक्रबार रुपन्देहीको भैरहवामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब शुरु हुने संसद अधिवेशनले नयाँ सरकार दिन नसके पुनः संसद विघटन हुने र ताजा जनादेशमा जाने अवस्था आउन सक्ने औँल्याए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा पुर्नस्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिलाई कता डोर्याउने भन्ने निर्णायक भूमिकामा कांग्रेस रहेको बताएका छन् । उनले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको समेत बताए ।

शुक्रबार रुपन्देहीको भैरहवामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब शुरु हुने संसद अधिवेशनले नयाँ सरकार दिन नसके पुनः संसद विघटन हुने र ताजा जनादेशमा जाने अवस्था आउन सक्ने औँल्याए ।

नेकपा विभाजन भएमा सरकार गठनका लागि बल कांग्रेसको कोर्टमा पुग्ने उनको धारणा छ । उनले अहिले मुलुकसामु दुईवटा विकल्प रहेको बताउँदै भने, ‘एउटा अपवित्र गठबन्धनका माध्यमबाट सांसद किनबेच र राजनीतिक अस्थिरता निम्ताउने र दोस्रो संविधानको धारा ७६ (७)अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने ।’

अध्यक्ष थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु स्वागतयोग्य कदम भएको बताउँदै हतियार तत्काल बुझाउनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साढे दुई वर्षमा बल्ल प्रधानमन्त्री ओलीले गरे शिलान्यास
धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी एकान्तबासमा,अत्यावश्यक सेवाबाहेक अन्य बन्द
धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी एकान्तबासमा,अत्यावश्यक सेवाबाहेक अन्य बन्द
लोकन्थलीमा पुनःपहिरो, सडक भासियो, छ घर उच्च जोखिममा
लोकन्थलीमा पुनःपहिरो, सडक भासियो, छ घर उच्च जोखिममा
कमल थापा पूर्वराजाको शरणमा, के बनाए गोप्य योजना ?
कमल थापा पूर्वराजाको शरणमा, के बनाए गोप्य योजना ?
३३ किलो सुनकाण्डमा मेरो कुनै संलग्नता छैन : सञ्चालक भण्डारी
३३ किलो सुनकाण्डमा मेरो कुनै संलग्नता छैन : सञ्चालक भण्डारी
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अगलागी..
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अगलागी..
सप्तरीमा सुरक्षा व्यवस्थामा कडाइ
सप्तरीमा सुरक्षा व्यवस्थामा कडाइ
विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग
विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग
प्रधानमन्त्रीको कदमको नेकपामा भर्त्सना, अनुशासनको कारबाही गर्ने निर्णय
प्रधानमन्त्रीको कदमको नेकपामा भर्त्सना, अनुशासनको कारबाही गर्ने निर्णय
एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै
एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै

तपाईंले छुटाउनुभयो कि?