१० करोड लगानीमा पोखराको लेखनाथमा सप्तगण्डकी आरएमसी सञ्चालनमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ २५, २०७४
|
|
५३ पटक हेरिएको
Shares
१० करोड लगानीमा पोखराको लेखनाथमा सप्तगण्डकी आरएमसी सञ्चालनमा

सारांश

  • लेखनाथ  १० करोड रुपैयाँभन्दा बढीको लगानीमा लेखनाथमा सप्तगण्डकी आरएमसी उद्योग सञ्चालनमा आएको छ ।
  • भूकम्पपछि निर्माण क्षेत्रमा संवेदनशील हुन र छिटो –छरितो सेवा प्रदान गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको आरएमसीका प्रबन्धक पशुपती सुवेदीले बताए ।
  • उनले पोखरामा सञ्चालित अन्य आरएमसीको तुलनामा सप्तगण्डकी आरएमसीको गुणस्तर क्षमता ३० प्रतिशत बढी रहेको बताए ।
लेखनाथ 

१० करोड रुपैयाँभन्दा बढीको लगानीमा लेखनाथमा सप्तगण्डकी आरएमसी उद्योग सञ्चालनमा आएको छ ।भूकम्पपछि निर्माण क्षेत्रमा संवेदनशील हुन र छिटो –छरितो सेवा प्रदान गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको आरएमसीका प्रबन्धक पशुपती सुवेदीले बताए ।

उनले पोखरामा सञ्चालित अन्य आरएमसीको तुलनामा सप्तगण्डकी आरएमसीको गुणस्तर क्षमता ३० प्रतिशत बढी रहेको बताए । अत्याधुनिक जर्मन प्रविधिबाट उक्त आरएमसी सञ्चालनमा ल्याइएको उद्योगले जनाएको छ ।

उद्योगमा नेपालकै दोस्रो ठूलो प्लान्ट रहेको तथा १ घण्टामा ३० घनमिटर ढलान गर्न सक्ने क्षमता कम्पनीको रहेको प्रवन्धक सुवेदीले जानकारी दिए ।लेखनाथमा नै रहेका आधा दर्जन व्यापारी र समाजसेवीको समूहले उक्त उद्योग सञ्चालनमा ल्याएको हो ।

उद्योगले पोखरा र लेखनाथ क्षेत्रका साथै छिमेकी जिल्ला तनहुँ र स्याङ्जासम्म सेवा प्रवाह गर्ने जनाइएको छ ।लेखनाथ हार्डवेयर एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका राजेन्द्र ओझा उक्त उद्योगका अध्यक्ष हुन् ।

सस्थाको अध्यक्षमा राजेन्द्र ओझा, उपाध्यक्षमा माधवप्रसाद तिवारी, सचिव एंव प्रबन्धकमा पशुपती सुवेदी, कोषाध्यक्षमा मोहन कँडेल तथा सल्लाहकारमा सुर्यनारायण बराल र मेजर रामप्रसाद गुरुङ रहेका छन् ।

निर्माण क्षेत्रमा आफूले हासिल गरेको १० वर्षको अनुभवलाई ग्राहकको गुणस्तरीय सेवामा लगाउने संस्थाका सचिव तथा प्रबन्धक सुवेदीले बताए । हाल कम्पनीमा २५ जना भन्दा बढीले रोजगारी पाएका उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज
बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज
जेलबाटै गोविन्द केसीको आन्दोलनलाई बालकृष्ण ढुंगेलले गरे अभिवादन !
जेलबाटै गोविन्द केसीको आन्दोलनलाई बालकृष्ण ढुंगेलले गरे अभिवादन !
धनगढी उपमहानगरमा कांग्रेस विजयी, स्वतन्त्र उम्मेदवारले दिए निकटको टक्कर
धनगढी उपमहानगरमा कांग्रेस विजयी, स्वतन्त्र उम्मेदवारले दिए निकटको टक्कर
अरुलाई पक्राउ गर्ने प्रहरी २० किलो अवैध सुनसहित आफै पक्राउ
अरुलाई पक्राउ गर्ने प्रहरी २० किलो अवैध सुनसहित आफै पक्राउ
निर्मला पन्त प्रकरण : ७ टोली, ९२ दिन, परिणाम शून्य
निर्मला पन्त प्रकरण : ७ टोली, ९२ दिन, परिणाम शून्य
बेलायतमा केही दिनमै इन्धन संकटको समाधान हुने, सेनाका ट्यांकर चालक तयारी अवस्थामा
बेलायतमा केही दिनमै इन्धन संकटको समाधान हुने, सेनाका ट्यांकर चालक तयारी अवस्थामा
आज सोमबार, यस्तो छ तपाईंको राशिफल
आज सोमबार, यस्तो छ तपाईंको राशिफल
दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को ठूलो झड्का, डेल स्टेन विश्वकपबाट बाहिरिए
दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को ठूलो झड्का, डेल स्टेन विश्वकपबाट बाहिरिए
प्रियंका गान्धीले किन सोधिन् प्रधानमन्त्री नरेन्द्र मोदीको जात ?
प्रियंका गान्धीले किन सोधिन् प्रधानमन्त्री नरेन्द्र मोदीको जात ?
मन्त्री स्थापितकाे अाराेप सम्बन्धी महानगरकाे यस्ताे विज्ञप्ति
मन्त्री स्थापितकाे अाराेप सम्बन्धी महानगरकाे यस्ताे विज्ञप्ति

तपाईंले छुटाउनुभयो कि?