माधव नेपाललाई फकाउन नेकपाले बोलायो स्थायी कमिटी बैठक

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २२, २०७५
|
|
६२ पटक हेरिएको
Shares
माधव नेपाललाई फकाउन नेकपाले बोलायो स्थायी कमिटी बैठक

सारांश

  • काठमाडौं, २२ असाेज।
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ।
  • वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीको पदाधिकारी चयन गर्ने सचिवालय बैठकको निर्णयप्रति असन्तुष्टि जनाएपछि त्यसलाई सम्बोधन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालयले बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो।

काठमाडौं, २२ असाेज। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ। वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीको पदाधिकारी चयन गर्ने सचिवालय बैठकको निर्णयप्रति असन्तुष्टि जनाएपछि त्यसलाई सम्बोधन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालयले बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो।

प्रदेश कमिटीलाई पूर्णता दिने, जिल्ला कमिटी, जनवर्गीय संगठनलगायतका एकीकरण प्रक्रियालाई पूर्णता दिने गरी स्थायी समिति बैठक बोलाउने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। वरिष्ठ नेता नेपालले सचिवालय बैठकले प्रदेश कमिटीको पदाधिकारी चयन गरेकोमा आपत्ति जनाउँदै स्थायी समिति बैठक बोलाउन माग गरेका थिए। सोही असन्तुष्टिलाई समेत ध्यानमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बोलाउन लागिएको हो।

स्थायी समिति बैठकको मिति र कार्यसूचि भने बुधबार विहान ८ बजे बस्ने सचिवालय बैठकले तय गर्नेछ।  बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको संयुक्त राष्ट्र संघ महासभा बैठक र कोष्टारिकाको भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष पनि निकालेको छ। अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण, वरिष्ठ नेता नेपालले घाना र चीनको भ्रमणबारे पनि बारे बैठकलाई जानकारी गराउनु भएको पनि प्रवक्ता श्रेष्ठले बताए। अव बस्ने स्थायी समिति बैठकमा सरकारको कामको पनि समिक्षा गर्ने प्रवक्ता श्रेष्ठले बताए।

macularetinavitreouscenter

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवालाई स्वरोजगार बनाउन बिना धितो ऋण दिन सुरु
युवालाई स्वरोजगार बनाउन बिना धितो ऋण दिन सुरु
यसरी पैसा बनाउने भन्दै काठमाडौंमा दिउँसै ठगी, दुई जना पक्राउ । 
यसरी पैसा बनाउने भन्दै काठमाडौंमा दिउँसै ठगी, दुई जना पक्राउ । 
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको मृत्युु
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको मृत्युु
सुदुरपश्चिमका गौराको दोस्रो दिन ‘नानी गौरा’ मनाइदै
सुदुरपश्चिमका गौराको दोस्रो दिन ‘नानी गौरा’ मनाइदै
संक्रमितको सख्या घट्दै, आज २७० जना थप
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा
युवालाई उद्यमी बनाउँदै राष्ट्रिय युवा परिषद्
युवालाई उद्यमी बनाउँदै राष्ट्रिय युवा परिषद्
महोत्तरीबाट बेपत्ता सात बालिकाको भारतबाट उद्वार
महोत्तरीबाट बेपत्ता सात बालिकाको भारतबाट उद्वार

तपाईंले छुटाउनुभयो कि?