सुदुरपश्चिमका गौराको दोस्रो दिन ‘नानी गौरा’ मनाइदै

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ८, २०७७
|
|
५७ पटक हेरिएको
Shares
सुदुरपश्चिमका गौराको दोस्रो दिन ‘नानी गौरा’ मनाइदै

सारांश

  • सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज “नानी गौरा” मनाइँदै छ ।
  • व्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ ।
  • आजको दिनलाई स्थानीय भाषामा “नानी गौरा” भन्ने चलन छ ।

सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज “नानी गौरा” मनाइँदै छ । व्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ ।

आजको दिनलाई स्थानीय भाषामा “नानी गौरा” भन्ने चलन छ । सवाँ, अपामार्गलगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ ।

हिजो भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रहेको सुर्नया गाउँपालिका–६ का हरिना अवस्थीले बताए। बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रहिआएको छ । उनले भने “आज दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझपख मिठोमसिनो खाने चलन छ । बिरुडा र फलफूलसहित व्रतालु महिलाले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्छन् ।”

पौराणिक कालमा भगवान् महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए । दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो ।

भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । भोलि नै महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ । तागाधारी पुरुषले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अँधेरी गौरा भनिन्छ ।

यो वर्ष कोरोना कारण गाउँघरमा गौराको रौनक नभएको स्थानीयवासीले बताएका छन् । कोरोना भाइरसका कारण सामूहिकरूपमा जमघट नहुनुपर्ने भएकाले गौराको रौनक नभएको दशरथचन्द नगरपालिका–२ का गणेशबहादुर बोहराले बताए । यो वर्ष सांस्कृतिक पर्वका रूपमा मात्रै गौरा मनाइँदैछ ।

गौराको समयमा सामूहिक खेलिने ठाडो खेल, ढुस्को, धमारीलगायतका सांस्कृतिक खेलहरु यो वर्ष नहुने भएका छन् । सामूहिकरूपमा भीडभाड गरेमा कोरोना जोखिम बढ्नै भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाइरल बन्दै  चर्चित गायक  खुमन अधिकारी & लक्ष्मी आचार्यको तीजको गीत  “भिटामिन”  ! हेर्नुहोस   (भिडियो सहित)
भाइरल बन्दै चर्चित गायक खुमन अधिकारी & लक्ष्मी आचार्यको तीजको गीत “भिटामिन” ! हेर्नुहोस (भिडियो सहित)
हुम्लाका खेलाडीको काठमाडौमा भिडन्त, आयोजकले खायो ४ गोल !
हुम्लाका खेलाडीको काठमाडौमा भिडन्त, आयोजकले खायो ४ गोल !
नेकपाको स्थायी समिति बैठक बस्दै, ओलीले सम्बोधन गर्दै
नेकपाको स्थायी समिति बैठक बस्दै, ओलीले सम्बोधन गर्दै
सुन तस्करीको मुद्दामा प्रहरीले थप २ विरुद्ध मुद्दा दायर
सामान पास गर्न सजिलो बनाइदिन्छु भन्दै घुस खाने प्रहरीलाई भ्रष्टाचार मुद्दा
सामान पास गर्न सजिलो बनाइदिन्छु भन्दै घुस खाने प्रहरीलाई भ्रष्टाचार मुद्दा
ट्रक रुखमा ठोकिँदा चार जना घाइते
ट्रक रुखमा ठोकिँदा चार जना घाइते
जसपाले आज मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने
जसपाले आज मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने
जलवायु परिवर्तनको असर नेपालमा अधिक छ : रक्षामन्त्री पोखरेल
जलवायु परिवर्तनको असर नेपालमा अधिक छ : रक्षामन्त्री पोखरेल
भ्रष्टाचार अन्त्य गर्दै शैक्षिक क्षेत्रको विकास गर्नुपर्छ : धमला
भ्रष्टाचार अन्त्य गर्दै शैक्षिक क्षेत्रको विकास गर्नुपर्छ : धमला
राष्ट्रपतिद्वारा इन्द्रजात्राको अवलोकन
राष्ट्रपतिद्वारा इन्द्रजात्राको अवलोकन

तपाईंले छुटाउनुभयो कि?