विश्वकपले समेत रोक्न सकेन सलमानको फिल्म भारतलाई

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २७, २०७६
|
|
३३ पटक हेरिएको
Shares
विश्वकपले समेत रोक्न सकेन सलमानको फिल्म भारतलाई

सारांश

  • मुम्बई।
  • सलमान खानको फिल्म ‘भारत’ भारतीय बक्स अफिलमा छाइरहेको छ।
  • इदको अवसरमा रिलीज भएको फिल्म भारतले निकै उत्साहपूर्ण व्यापार गरिरहेको छ।

मुम्बई। सलमान खानको फिल्म ‘भारत’ भारतीय बक्स अफिलमा छाइरहेको छ। इदको अवसरमा रिलीज भएको फिल्म भारतले निकै उत्साहपूर्ण व्यापार गरिरहेको छ। यो फिल्मले सुरुवाती चार दिनमा सय करोडको आँकडा पार गरेको थियो। पहिलो हप्तामा यो फिल्मले बम्पर कमाइ गर्न सफल भयो। आइतारमात्रै फिल्म भारतले २७.९० करोड कमाइ गर्यो। योसँगै फिल्मले हालसम्म १५०.१० करोड कमाइ सकेको छ। सुरुदेखि नै फिल्म भारतको लागि विश्वकप चुनौतीमा रुपमा रहेको अनुमान गरिएको थियो। तर फिल्म भारतको रफ्तारलाई विश्वकपले कुनै पनि असर गर्न सकेन ।

रमाइलो पक्ष के छ भने आगामी दिनमा रिलीज हुने फिल्मसँग यो फिल्मले कत्तिको प्रतिश्पर्धा गर्न सक्छ। आगामी दिनमा शाहिद कपुरको फिल्म ‘कबीर सिंह’ रिलीज हुँदैछ। यो फिल्म २१ जुनमा रिलीज हुँदैछ। यसकारण सलमान खानको फिल्म भारतले लामो समयसम्म सिनेमा घरमा एकछत्र राज गर्ने देखिएको छ।

(Nuvigil)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?