रेडियो सम्पदा ९०.५ मेगाहर्जद्वारा समाजसेवी मन्जु खाँड सम्मानित

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १०, २०७४
|
|
३९ पटक हेरिएको
Shares
रेडियो सम्पदा ९०.५ मेगाहर्जद्वारा समाजसेवी मन्जु खाँड सम्मानित

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00
  • महेन्द्र चापागाई

चितवान । मन्जुश्री असाहय संरक्षण केन्द्रको अध्यक्ष समाजसेवी मन्जु खाँड रेडियो सम्पदा ९०.५ मेगाहर्ज द्वारा आयोजित कार्यक्रममा बिशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित भएकी छिन् ।

रेडियो सम्पदा ९०.५ मेगाहर्जले गरेको बिशेष नागरिक सेवा सम्मान २०७४ तथा बृहत सास्कृतिक समारोहमा आयोजित भब्य कार्यक्रममा समाजसेवी मन्जु खाँडले प्रमुख अतिथि सासंद साबित्री चैधरीको हात बाट उक्त समान पाएकी हुन् ।

समाजसेवा कार्यमा बिबिध क्षेत्रमा तल्लिन रहेर समाजमा हुने बलात्कार, दाईजोको निहुँमा होस वा अन्य बहानामा महिलामाथि हुने हिंसामा कमी आएको छैन् । श्रीमान, सामू समुरा नन्द अमाजु लगायत परिवारका सदस्ले दिने यातनाले गर्दा महिला मात्र होईन काख र गर्भका बच्चाले समेत यातना सहने घटना बढ्दै गएका छन् ।

आफ्नो घरपरिवार बाट नै हिंसामा परेका महिलाहरुलाई न्यायको ढोका सम्म पुग्न निकै गाहे हुने गर्दछ । तिनै पिडीतहरुलाई काखमा च्याप्दै न्यायको ढोका सम्म जाने बाटो बनाउदै आएकी खाँड समाजमा शान्ति र सहिष्णुताका लागि आफ्नो पुरै जिबन समर्पण गर्दै नेपाली समाजमा पुर्याएको अतुलनिय योगदान स्वरुप उनलाई यो बिशेष सम्मान गरिएको थियो ।

बिगत एक दशक देखि सेवा मुलक ब्यबसाय र सामाजिक क्षेत्रमा सक्रिय भई विभिन्न संघ सस्थामा प्रत्यक्ष संलग्न भएर पिडित महिलाहरुको न्याय र संरक्षणका लागी लड्दै आएकी खाडले महत्वपुर्ण भुमिका निर्बाहा गरेको योगदान स्वरुप तथा महिला ससक्तिकरण र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन स्वरुप खाँडलाई रेडियो सम्पदा ९०.५ मेगाहर्जले उनको कार्यलाई उच्च मुल्यांकन गर्दै बिशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित गरेको हो ।

उक्त अबसरमा समाजसेबि मन्जु खाँड लागायत सामाजिक क्षेत्र, शैक्षिक क्षेत्र, तथा अन्य क्षेत्रमा अग्रणी भुमिका निर्बाह गर्ने विभिन्न व्यक्तित्वहरु लाई पनि सम्मान गरिएको थियो । उक्त कार्यक्रमको सभापतित्व रेडियो सम्पदा ९०.५ मेगाहर्जको अध्यक्ष मुना गुरुङले गर्नु भएको छ। सामाजिक कार्यमा सधै अग्रसर भएर सामाजिक कार्यमा पुर्याएको योगदान स्वरुप समाजसेवी मन्जु खाँडले यो भन्दा अगाडी पनि विभिन्न दर्जनौ राष्ट्रिय सम्मान बाट सम्मानित भईसकेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुर्मुस-सुन्तलीले शिलन्यास गरे सन्तपुर एकीकृत नमूना वस्ती
धुर्मुस-सुन्तलीले शिलन्यास गरे सन्तपुर एकीकृत नमूना वस्ती
सरकारभन्दा बिचौलिया बलिया – मन्त्री यादवले भने ‘कालिमाटीका स्टलको सम्झौता खारेज गर्छौं’
सरकारभन्दा बिचौलिया बलिया – मन्त्री यादवले भने ‘कालिमाटीका स्टलको सम्झौता खारेज गर्छौं’
बन्दाबन्दीमा समेत आयल निगमले नाफा कमायो
बन्दाबन्दीमा समेत आयल निगमले नाफा कमायो
इरानी आणविक विवाद, स्वीकार्य छैन– ट्रम्प, हामी प्रतिबद्ध छौं– म्याँक्रो, मे
इरानी आणविक विवाद, स्वीकार्य छैन– ट्रम्प, हामी प्रतिबद्ध छौं– म्याँक्रो, मे
आज प्रधानमन्त्री ओलीले विरुवा रोप्दै, सरकारले ल्यायो ‘स्वच्छ वातावरण महा-अभियान’
आज प्रधानमन्त्री ओलीले विरुवा रोप्दै, सरकारले ल्यायो ‘स्वच्छ वातावरण महा-अभियान’
प्रचण्डले बाटो बिराएकाले पार्टी एकता सम्भव छैन: वैद्य
प्रचण्डले बाटो बिराएकाले पार्टी एकता सम्भव छैन: वैद्य
के गण्डकीमा पनि सत्ता फेरबदल हुन्छ त ? यस्ताे छ सङ्केत
के गण्डकीमा पनि सत्ता फेरबदल हुन्छ त ? यस्ताे छ सङ्केत
छ वर्षमा पनि बनेन पन्ध्र महिनामा निर्माण हुनुपर्ने मोर्क खोला पुल
छ वर्षमा पनि बनेन पन्ध्र महिनामा निर्माण हुनुपर्ने मोर्क खोला पुल
एउटा त्यस्तो गायक जो आफ्नो देशभन्दा चर्चित बन्यो
एउटा त्यस्तो गायक जो आफ्नो देशभन्दा चर्चित बन्यो
शहीद परिवार र घाइतेलाई सम्मान
शहीद परिवार र घाइतेलाई सम्मान