दशैं घरमा राखियो जमरा

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १२, २०७६
|
|
४८ पटक हेरिएको
Shares
दशैं घरमा राखियो जमरा

सारांश

  • काठमाडौं।
  • नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ।
  • यसै अवसर पारेर आइतबार काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा घटस्थापना गरिएको छ।

काठमाडौं। नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ। यसै अवसर पारेर आइतबार काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा घटस्थापना गरिएको छ। आइतबार बिहान दशैं घरका गुरु ईश्वरप्रसाद अधिकारद्वारा श्रीमहकाली, श्रीमहालक्ष्मी र महाशक्ति स्वरुपा दूर्गा भवगतीको आराधनासहित जमरा रोपण गरी दशैं घरमा घटस्थापना गरिएको हो। घटस्थापनालाई दशैंको पहिलो दिनको रुपमा लिइन्छ।

दशैं घरमा सबैको दिर्घायू, आरोग्य, सदगुण, सत्शिक्षाको कामना गर्दै द्धीप, गणेश र कलशको पूजा गरी घटस्थापना गरी जमरा राखिएको गुरु अधिकारीले जानकारी दिए। बिहान १० बजेर ३५ मिनेटको शुभसाईतमा दशैं घरमा घटस्थापना गरिएको हो। त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले तोप पड्काएर हर्ष बढाई गरेको थियो भने दशैं घरमा शंख, घण्टा र डमरु बजाएर दूर्गा भगवतीको पूजा, आराधना गरिएको थियो।

दशैंको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौंको जमरा राख्ने गरिन्छ। यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरुपा दूर्गा भगवतीको पूजाआराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो। घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दूर्गा भगवतीको प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ। जौलाई औषधीय गुणले युक्त मानिन्छ । यसलाई उमारेर बनाइएको जमराले पनि मानवलाई निरोधी रहन सघाउ पुर्याउने विश्वास रही आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना
साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना
बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा बाधा
बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा बाधा
टिपरको ठक्करले नाबालकको मृत्यु
टिपरको ठक्करले नाबालकको मृत्यु
पुष्कर कार्की आएलगत्तै एक्सनमा सिआईबी, १४ केजी अवैध सुनसहित ७ जना पक्राउ
पुष्कर कार्की आएलगत्तै एक्सनमा सिआईबी, १४ केजी अवैध सुनसहित ७ जना पक्राउ
तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो
तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो
सिसी क्यामरा प्रभावकारी बन्दै :नौ हजार चालक कारवाहीमा
सिसी क्यामरा प्रभावकारी बन्दै :नौ हजार चालक कारवाहीमा
संघीय फोरमका कार्यकर्ता चढेको जिप रौतहटमा दुर्घटना, चालकको मृत्यु
संघीय फोरमका कार्यकर्ता चढेको जिप रौतहटमा दुर्घटना, चालकको मृत्यु
महासमिति बैठकपछि देउवालाई सबैले स्वीकार गरेका छन्, फेरी सभापति बन्नुहुन्छ : यादव
महासमिति बैठकपछि देउवालाई सबैले स्वीकार गरेका छन्, फेरी सभापति बन्नुहुन्छ : यादव
अरुण तेस्रो जलबिधुत परियोजनामा बम बिस्फोट गराउने  पक्राउ
अरुण तेस्रो जलबिधुत परियोजनामा बम बिस्फोट गराउने पक्राउ
नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठ पक्राउ
नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठ पक्राउ

तपाईंले छुटाउनुभयो कि?