सभामुखको पहलमा भन्ने भो टरिगाउँमा इन्धन डिपो, उड्ने भो जहाज

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन १८, २०७५
|
|
३८ पटक हेरिएको
Shares
सभामुखको पहलमा भन्ने भो टरिगाउँमा इन्धन डिपो, उड्ने भो जहाज

सारांश

  • काठमाडौं, १८ असोज ।
  • दाङको टरिगाउँ विमानस्थलमा अस्थायी इन्धन डिपो बन्ने भएको छ ।
  • सभामुख कृष्णबहादुर महराको पहलमा इन्धन डिपो बन्न थालेको हो ।

काठमाडौं, १८ असोज । दाङको टरिगाउँ विमानस्थलमा अस्थायी इन्धन डिपो बन्ने भएको छ । सभामुख कृष्णबहादुर महराको पहलमा इन्धन डिपो बन्न थालेको हो । इन्धन डिपोको अभावमा टरिगाउँ विमानस्थलमा नियमित उडान हुन सकेको थिएन ।

अहिले भारतबाट अस्थायी प्रकृतिको इन्धन डिपोका लागि सामान आइसकेको छ ।
भारतबाट भन्सार पार हुनेबित्तिकै महराले सो डिपो टरिगाउँ विमानस्थलमा राख्नका लागि बिभागीय मन्त्रीलाई आग्रह गरेका थिए ।

“मैले आग्रह गरेपछि विभागीय मन्त्रीले उक्त डिपो दाङमा राख्नका लागि निर्णय गराउनुभएको छ”, सभामुख महराले भने । यो दाङ र समग्र राप्तीवासीका लागि खुशीको कुरा भएको सभामुख महराको भनाई छ । सभामुख महराले निर्वाचनका बेला इन्धन डिपो स्थापनाको प्रतिवद्धता व्यक्त गरेका थिए ।

टरिगाउँ विमानस्थलमा इन्धन डिपो स्थापनाका लागि पहल गरिदिन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सभामुख महरालाई आग्रह गरेका थिए । अब तुलसीपुरमा नेपाल वायु सेवा निगमको विमान नियमित सञ्चालनमा आउन थालेको छ । यसका लागि परीक्षण उडान समेत भइसकेको छ । अब विमानस्थल नियमितरुपमा सञ्चालन हुने महराले विश्वास व्यक्त गरे ।

“लामो समयको प्रतिक्षापछि दाङवासीको सपना पूरा भएको छ”, सभामुखले थपे, “यहाँको विकासमा यस क्षेत्रका सबै जनप्रनिधिहरु एकतावद्ध भएर लाग्नुपर्छ ।” महराले इन्धन डिपो स्थापनाका लागि पहल गर्ने मुख्यमन्त्री शंकर पोखरेलसहित दाङबाट निर्वाचित सबै जनप्रतिनिधिहरुलाई धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?