नेपाली समाजवादको खाका कसैसँग छैनः नेता शर्मा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र २४, २०७९
|
|
४९ पटक हेरिएको
Shares
नेपाली समाजवादको खाका कसैसँग छैनः नेता शर्मा

सारांश

  • काठमाडौं ।
  • नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली समाजवादको खाका कुनै पार्टीसँग नभएको बताएका छन् ।
  • नेकपा माओवादी केन्द्र केन्द्रीय सङ्गठन विभागअन्तर्गत कर्णाली प्रदेश समितिद्वारा बिहीबार बीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पार्टी निर्माणका चुनौती र समाधानका उपायहरू विषयक अन्तक्र्रिया कार्यक्रम’मा उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख शर्माले पार्टीले अब समाजवादको स्पष्ट खाकासहित जानुपर्ने बताए ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली समाजवादको खाका कुनै पार्टीसँग नभएको बताएका छन् ।

नेकपा माओवादी केन्द्र केन्द्रीय सङ्गठन विभागअन्तर्गत कर्णाली प्रदेश समितिद्वारा बिहीबार बीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पार्टी निर्माणका चुनौती र समाधानका उपायहरू विषयक अन्तक्र्रिया कार्यक्रम’मा उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख शर्माले पार्टीले अब समाजवादको स्पष्ट खाकासहित जानुपर्ने बताए । उनले अब केही दिनमै समाजवादी मोर्चाको घोषणा हुने समेत कार्यकर्तालाई जानकारी दिए ।

‘समाजवादी मोर्चाबारे माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र नेपाल समाजवादी पार्टीबीच सैद्धान्तिक सहमति भइसकेको यद्यपि घोषणा हुन बाँकी छ’, उनले भने । पूर्वगृहमन्त्रीसमेत रहेका उनले सङ्गठन सङ्घर्षबाट विमुख हुँदा पार्टीले अपेक्षित गति लिन नसकेको भनाइ राखे ।

उनले प्रदेश सरकारको पुनर्गठनबारे केही दिनमै केन्द्रीय गठबन्धनले निर्णय गर्ने जनाउँदै माओवादी कार्यकर्तालाई उत्पादनमा जोडिन आग्रह गरे । अभियानका माध्यमबाट कर्णालीको गरिबीलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका उपमहासचिव शर्माले आन्तरिक स्रोत साधनसँग प्रविधिको प्रयोग गरी पार्टीलाई अगाडि बढाइने जनाए ।

अन्तक्र्रियामा केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, युवानेता रामदीप आचार्य, प्रदेश समितिका अध्यक्ष विमला केसीलगायतले कर्णालीको गरिबी निवारणको मुद्दालाई प्राथमिकता राखेर पार्टीका गतिविधि सञ्चालन गरिने जनाए । कार्यक्रममा पार्टीका नेता, भातृ तथा पेसागत सङ्गठनका प्रतिनिधि गरी करिब तीन सयको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी शर्मा ओलीले बोले, लालीगुराँसका विद्यार्थीले निकाले हावाबाट बिजुली
केपी शर्मा ओलीले बोले, लालीगुराँसका विद्यार्थीले निकाले हावाबाट बिजुली
दोस्रो चरण निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित
पहिलो चौमासिकदेखि नै योजना कार्यान्वयन शुरु हुनुपर्छः मन्त्री बाँस्कोटा
पहिलो चौमासिकदेखि नै योजना कार्यान्वयन शुरु हुनुपर्छः मन्त्री बाँस्कोटा
दसैँ : यसरी लगाउनुस् टीका, यस्तो छ साइत
दसैँ : यसरी लगाउनुस् टीका, यस्तो छ साइत
‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए जेल जान तयार रहेको प्रधानमन्त्रीको घोषणा
‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए जेल जान तयार रहेको प्रधानमन्त्रीको घोषणा
आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी
आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी
गुगलमा ‘इडियट’ खोज्दा ट्रम्पका फोटा !
बैतडीमा सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो
बैतडीमा सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो
काँग्रेसले जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने
काँग्रेसले जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने
मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?