ट्राफिक प्रहरीकाे १५ दिने ट्राफिक सचेतना महा-अभियान सञ्चालन
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
गाईघाट १२,चैत। १५ दिने महाअभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र मातहत पोष्ट हरुले चालक परिचालक, यात्रु तथा सर्बसाधारण,विधार्थी हरुलाई घुम्ति प्रशिक्षण द्धारा प्रशिक्षण दिनुका साथै पर्चा पम्पलेट बितरण गर्दै १५ दिने ट्राफिक सचेतना महा-अभियान सञ्चालन जारी राखेकाे छ।
ट्राफिक प्रहरीले सार्बजनिक यात्रुवाहक सवारी साधनकमा डस्विन,जेष्ठ नागरिक, महिला तथा शारिरीक अशक्तता भएका व्यक्तिहरुको लागि आरक्षित सिटको प्रयोग ,भाडादरको लिष्ट,टिकट काटेको,नकाटेको, सिटक्षमता भन्दा बढि यात्रु भए नभएको यातायात व्यवसायी, यातायात मजदुर, सर्बसाघारण, नागरिक समाज, स्थानिय सरोकारवाला निकाय समेतको सहभागितामा अनुगमन गर्नुका साथै चालक परिचालक, सर्बाधारणहरुलाई प्रशिक्षण,पर्चा पम्पलेट बितरण गर्दै ट्राफिक सचेतना सम्बन्धी जानकारी गराएको हाे ।
ट्राफिक दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले विभिन्न स्थानमा ट्राफिक सचेतना सम्बन्धी अभियान चलाएको ईन्चार्ज प्रनानी दिनेश कुमार चौधरी ले जनाएका छन।
प्रतिक्रिया