फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १६, २०७५
|
|
५७ पटक हेरिएको
Shares
फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ

सारांश

  • काठमाडौं, १६ साउन ।
  • नेपाल पत्रकार महासंघले भदौ १ गतेदेखि लागू हुने फौजदारी संहिताको कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र त्यसको विश्वव्यापी मूल्यमान्यतामाथि आघात पुग्नसक्ने जनाएको छ ।
  • महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि उक्त फौजदारी संहिता प्रभावित नहुने व्यवस्था मिलाउन सरकारसँग महासंघले जोदार माग गरेको छ ।

काठमाडौं, १६ साउन । नेपाल पत्रकार महासंघले भदौ १ गतेदेखि लागू हुने फौजदारी संहिताको कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र त्यसको विश्वव्यापी मूल्यमान्यतामाथि आघात पुग्नसक्ने जनाएको छ । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि उक्त फौजदारी संहिता प्रभावित नहुने व्यवस्था मिलाउन सरकारसँग महासंघले जोदार माग गरेको छ ।

विज्ञप्तिमा पछिल्ला दिनहरुमा प्रकाशित÷प्रसारित समाचारलाई लिएर विद्युतीय कारोबार ऐन अन्तर्गत सञ्चारकर्मी र सञ्चारमाध्यमउपर कानूनी कारबाही बढेको उल्लेख गर्दै महासचिव विष्टको विज्ञप्तिमा भनिएको छ, “त्यस्तो भयको वातावरण सिर्जना नगर्न महासंघ सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षण गराउँदै त्यस्ता काम कारबाही तुरुन्त रोक्न माग गर्दछ ।”

महासंघको आज सम्पन्न उपलव्ध केन्द्रीय कार्यसमितिको बैठकपछि महासचिव विष्टले जारी गरेको विज्ञप्तिमा महासंघले सरकारलाई मिति २०७४÷५÷२३ मा सञ्चारमाध्यम र सञ्चारकर्मीका समस्या, समाधान र हकहितलाई लिएर बुझाएको माग पूरा गर्न तत्काल आवश्यक कदम चाल्न आव्हान पनि गरेको छ । सरकारी सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई बिनाकारण एकपक्षीय रुपमा निष्काशन गरिएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता कार्य तत्काल रोक्न महासंघले जोडदार माग गरेको छ ।

महासंघको गण्डकी प्रदेश समितिले चौधरी ग्रुपसँग सहयोग माग गरी दिएको निवेदनमाथि आफुखुशी तोक लगाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने कार्यले महासंघको इज्जत तथा प्रतिष्ठामाथि गम्भीर क्षति पु¥याएकोले आगामी दिनमा त्यस्ता गैरजिम्मेवार कार्य नदोहो¥याउन महासंघले सजग पनि गराएको छ । महासंघको चौथो पूर्ण बैठक साउन २३ र २४ गते प्रदेश नं. ५ को लुम्बिनीमा गर्ने निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनमा ७५ हजार म्यादी प्रहरी
मतदातालाई धन्यवाद दिदै गगन थापाले भने, “कांग्रेसका लागि ठूलो दुर्घटना,अब कांग्रेस यसरी चल्दैन”
मतदातालाई धन्यवाद दिदै गगन थापाले भने, “कांग्रेसका लागि ठूलो दुर्घटना,अब कांग्रेस यसरी चल्दैन”
पवन जल्लाद – चार दोषीलाई झुण्ड्याउँदा जीवनमै पहिलोपटक खुशी भएँ
पवन जल्लाद – चार दोषीलाई झुण्ड्याउँदा जीवनमै पहिलोपटक खुशी भएँ
मातातिर्थ औशीमा सामाजिक सञ्जालमा छाएका रेखा थापादेखि प्रियंका कार्कीका आमाहरु
मातातिर्थ औशीमा सामाजिक सञ्जालमा छाएका रेखा थापादेखि प्रियंका कार्कीका आमाहरु
स्वस्थ समाज निर्माणमा भक्तपुरको ठूलो फड्को: १० हजारभन्दा बढी बालबालिका समेट्दै जिल्ला ‘पूर्ण खोप सुनिश्चित’
स्वस्थ समाज निर्माणमा भक्तपुरको ठूलो फड्को: १० हजारभन्दा बढी बालबालिका समेट्दै जिल्ला ‘पूर्ण खोप सुनिश्चित’
बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई
बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई
कृषकलाई चैते धान लगाउन चटारो
कृषकलाई चैते धान लगाउन चटारो
यी हुन भारत र मलेसियाका लागि नयाँ नेपाली राजदूत
यी हुन भारत र मलेसियाका लागि नयाँ नेपाली राजदूत
दुई तिहाई पुर्याउन मन्त्री थप्नु गलत–अध्यक्ष विजुक्छे…
दुई तिहाई पुर्याउन मन्त्री थप्नु गलत–अध्यक्ष विजुक्छे…
सम्पादकको मृत्यु ((लघुकथा)

तपाईंले छुटाउनुभयो कि?