निर्वाचनमा ७५ हजार म्यादी प्रहरी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र १०, २०७३
|
|
११७ पटक हेरिएको
Shares

सारांश

  • स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी भर्ना गर्न केन्द्रीय सुरक्षा समितिले सरकारलाई सिफारिस गरेको छ ।
  • यो संख्या अघिल्लो निर्वाचनमा भन्दा करिब ३० हजार धेरै हो ।
  • सुरक्षा अवस्थाको विश्लेषणका आधारमा ७५ हजार म्यादी प्रहरी भर्नाको सिफारिस गरिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी भर्ना गर्न केन्द्रीय सुरक्षा समितिले सरकारलाई सिफारिस गरेको छ । यो संख्या अघिल्लो निर्वाचनमा भन्दा करिब ३० हजार धेरै हो । सुरक्षा अवस्थाको विश्लेषणका आधारमा ७५ हजार म्यादी प्रहरी भर्नाको सिफारिस गरिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।

सुरक्षा समितिको सिफारिस मन्त्रिपरिषद्मा पुगिसकेको छ । मन्त्रिपरिषद्ले संख्या हेरफेर गर्न सक्छ । स्थानीय तहको निर्वाचनका लागि ५० दिन मात्र बाँकी रहेकाले आगामी मन्त्रिपरिषद्को बैठकमै यससम्बन्धी निर्णय गर्ने तयारी छ । ‘सामान्यतः म्यादी भर्ना र तालिमका लागि ५५ दिन लाग्छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘तर, अहिलेसम्म निर्णय नगर्दा समस्या भइसकेको छ ।’ म्यादी प्रहरी भर्नाका लागि यही साताबाट प्रक्रिया सुरु गर्ने आफूहरूको तयारी रहेको गृहप्रवक्ता पन्थीले बताए । तर, कुन जिल्लामा कति म्यादी प्रहरी आवश्यक पर्ने भन्ने विस्तृत कार्ययोजना भने गृहले बनाइसकेको छैन ।

संविधानसभाको दोस्रो निर्वाचनमा सरकारले ४५ हजार मात्र म्यादी प्रहरी भर्ना गरेको थियो । त्यतिवेला नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या पनि अहिलेभन्दा करिब १० हजार कम थियो । त्यसवेलाको निर्वाचनमा भन्दा अहिले सुरक्षा चुनौती धेरै रहेको र संविधानसभा निर्वाचनमा भन्दा स्थानीय निर्वाचनमा सुरक्षा निकाय बढी सक्रिय हुनुपर्ने विश्लेषणसहित ७५ हजार म्यादी प्रहरीको सिफारिस भएको हो । नेपाल प्रहरीले पनि ७५ हजार म्यादी भर्ना गर्न गृहलाई सुझाब दिएको थियो ।

७५ हजार म्यादी थप गर्दा निर्वाचनमा सेनासहित सुरक्षाकर्मीको संख्या दुई लाख ७४ हजार पुग्नेछ । हाल ७२ हजार नेपाल प्रहरी तथा ३७ हजार सशस्त्र प्रहरीको दरबन्दी छ । तर, दुवै संगठनमा धेरै पद रिक्त छन् । नेपाल प्रहरीमा करिब दुई हजार तथा सशस्त्र प्रहरीमा करिब पाँच हजार दरबन्दी रिक्त छन् । नेपाली सेनामा करिब ९० हजार जनशक्ति छ ।

(https://wbctx.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी
कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
खुला हृदयका साथ नेपालमा लगानी गर्न आउनुस्, सरकारले सबै प्रकारको सहयोग गर्छः प्रधानमन्त्री दाहाल
खुला हृदयका साथ नेपालमा लगानी गर्न आउनुस्, सरकारले सबै प्रकारको सहयोग गर्छः प्रधानमन्त्री दाहाल
भोलि राष्ट्रियसभा निर्वाचनको मनोनयन दर्ताका लागि यस्तो छ आयोगको तयारी
भोलि राष्ट्रियसभा निर्वाचनको मनोनयन दर्ताका लागि यस्तो छ आयोगको तयारी
काठमाडौंमा अग्रता बढाउँदै बालेन, सिर्जनाकोभन्दा १७ हजार २४५ बढी मत पाए
काठमाडौंमा अग्रता बढाउँदै बालेन, सिर्जनाकोभन्दा १७ हजार २४५ बढी मत पाए
नेकपाले तल्ला कमिटी एकीकरणको लागि नाम र संख्या टुंगाउँदै
नेकपाले तल्ला कमिटी एकीकरणको लागि नाम र संख्या टुंगाउँदै
प्रधानमन्त्रीले हटाउनु अघि नै राजिनामा दिने तयारीमा खरेल
प्रधानमन्त्रीले हटाउनु अघि नै राजिनामा दिने तयारीमा खरेल
प्रेमका भाव समेटिएको कारुणिक गीत ‘चोट’ बजारमा (भिडियो)
प्रेमका भाव समेटिएको कारुणिक गीत ‘चोट’ बजारमा (भिडियो)
रोल्पा बन्दले जनजीवन प्रभावित
रोल्पा बन्दले जनजीवन प्रभावित
एघार अर्ब बराबरको धितोपत्र सूचीकृत

तपाईंले छुटाउनुभयो कि?