नरेन्द्र माेदीका सुरक्षा सल्लाहकारसंग ज्ञानेन्द्रकाे गोप्य भेट

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण २४, २०७५
|
|
५८ पटक हेरिएको
Shares
नरेन्द्र माेदीका सुरक्षा सल्लाहकारसंग ज्ञानेन्द्रकाे गोप्य भेट

सारांश

  • काठमाडाैं, २४ ।
  •  नातिनीलाई क्याम्पस भर्ना गर्ने बहानामा स–परिवार थाइल्याल्ड पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँ राजनीतिक चलखेल सुरु गरेका छन् ।
  • नेपालको राजनीतिक व्यवस्था परिवर्तन गर्ने दाउमा उनले विदेशी खुफिया एजेन्सीका मानिसहरुलाई भेटेका हुन् ।

काठमाडाैं, २४ । नातिनीलाई क्याम्पस भर्ना गर्ने बहानामा स–परिवार थाइल्याल्ड पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँ राजनीतिक चलखेल सुरु गरेका छन् । नेपालको राजनीतिक व्यवस्था परिवर्तन गर्ने दाउमा उनले विदेशी खुफिया एजेन्सीका मानिसहरुलाई भेटेका हुन् । भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभल ज्ञानेन्द्र भेट्न बैंकक पुगेका थिए । उनीहरुबीच गत शनिबार चार घण्टासम्म एक्लाएक्लै कुराकानी भएको स्रोतले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारका हरेक गतिविधिमा विरोध र असहयोगको नीति अख्तियार गरिरहेका बेला गणतन्त्र खारेज गरेर राजतन्त्र फर्काउने डिजाइनमा सक्रिय ज्ञानेन्द्रको छिमेकी प्रधानमन्त्रीका दूतसँगको गोप्य मन्त्रणालाई अर्थपूर्ण रुपमा हेरिएको छ । ज्ञानेन्द्रले पछिल्लो समय विभिन्न अवसर पारेर राजनीतिक वक्तव्यबाजी गर्दै आएका छन् ।

ती वक्तव्यमा उनले वर्तमान राजनीतिक प्रणाली र नेतृत्व असफल भएको, जनतामा चरम निराशा व्याप्त भएको भन्दै आफू विकल्प दिन सक्ने बताउने गरेका छन् । ज्ञानेन्द्र गत बिहीबार छोरा पारसबाहेक परिवारका सबै सदस्यका साथ बैंककमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?