महोत्तरीमा राति ११ बजेसम्म उम्मेदवारी दर्ता

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २२, २०७४
|
|
५४ पटक हेरिएको
Shares
महोत्तरीमा राति ११ बजेसम्म उम्मेदवारी दर्ता

सारांश

  • गौशाला, २२ भदौ ।
  • स्थाीनय तहको निर्वाचनका लागि प्रदेश नं २ को महोत्तरी जिल्लामा गएराति ११ बजेसम्म उम्मेदवारी दर्ता भएको छ ।
  • मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जिल्लाको कुल ७२० पदका लागि हजारौंको संख्यामा मतदाताले उम्मेदवारी दर्ता गराउनुभएकाले सो कार्य अबेर रातिसम्म भएको बताउनुभयो ।

गौशाला, २२ भदौ । स्थाीनय तहको निर्वाचनका लागि प्रदेश नं २ को महोत्तरी जिल्लामा गएराति ११ बजेसम्म उम्मेदवारी दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जिल्लाको कुल ७२० पदका लागि हजारौंको संख्यामा मतदाताले उम्मेदवारी दर्ता गराउनुभएकाले सो कार्य अबेर रातिसम्म भएको बताउनुभयो ।

उहाँले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामा भएको उम्मेदवारी दर्ता राति अबेरसम्म चलेको बताउनुभयो । बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको कार्यक्रम रहेपनि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले बेलुका ३ बजेपछि मात्रै बढी संख्यामा दर्ताका लागि आएकोमा राति ११ बजेसम्म उम्मेदवारी दर्ताको काम चलेको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो ।

उहाँले उम्मेदवारी दर्तामा खटिएका कर्मचारीले राति ११ बजेसम्म सबै उम्मेदवारको दर्ता गरिसके पनि राति २ बजेसम्म पनि कम्प्युटर इन्ट्री गर्न नसकेको र अझै पनि सो काम भइरहेकाले आज बिहान मात्रै जिल्लामा कति उम्मेदवारी दर्ता भएकोबारे स्पष्ट हुने जानकारी दिनुभयो ।

महोत्तरीमा बुधबार निक्कै उल्लासपूर्ण वातावरणमा हजारौं उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

दुई पत्रकार चुनावमा/पूर्व अध्यक्ष प्रमुखमा उम्मेदवार 

यसैगरी, असोज २ गते प्रदेश नं २ अन्तर्गत हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाबाट दुई जना पत्रकारले उम्मेदवारी दर्ता गराएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लाबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद मण्डलले प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ ।

नेपाल पत्रकार महासंघ महोत्तरीको लगातार तीन चरण नौ वर्षसम्म अध्यक्ष रहिसक्नुभएका तथा वर्तमान अवस्थामा पनि महोत्तरीबाट नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद्समेत रहनुभएका उहाँले आफ्नो स्थायी ठेगाना महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाबाट बुधबार स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्ष, वर्तमान पार्षद् तथा महोत्तरी जिल्लाबाट नेपाल टेलिभिजनका संवाददाता रहनुभएका पत्रकार मण्डललाई राष्ट्रिय जनता पार्टी नेपालले मटिहानी नगरपालिकाको प्रमुख पदका लागि टिकट दिएपछि उहाँले मटिहानी नगरपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

त्यसैगरी, नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाका सल्लाहकार तथा प्रदेश नं २ का प्रादेशिक पार्षद् एवं लोकपुकार साप्ताहिकका संवाददाता पत्रकार वैद्यनाथ चौधरीले पनि महोत्तरी जिल्लाबाट स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पत्रकार वैद्यनाथ चौधरी जिल्लाको पिपरा गाउँपालिका–७ बाट वडाध्यक्षको पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । पत्रकार चौधरीलाई वडाध्यक्ष पदका लागि नेपाल लोकतान्त्रिक फोरमले टिकट दिएपछि उहाँले पिपरा गाउँपालिकामा अवस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पारमाणिक निःशस्त्रीकरणमा किम जोङ उन सहमत नभए बैठक छाड्ने ट्रम्पको घोषणा
पारमाणिक निःशस्त्रीकरणमा किम जोङ उन सहमत नभए बैठक छाड्ने ट्रम्पको घोषणा
आज टुंगिएला एमाले-माओवादी पार्टी एकताको प्रतिवेदन! बैठक बस्दै
ठेकेदार कम्पनी सिएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : खानेपानी मन्त्री मगर
ठेकेदार कम्पनी सिएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : खानेपानी मन्त्री मगर
चीनसँग प्रधानमन्त्री ओलीले गरेका सबै सन्धिसम्झौतालाई मसालले गर्यो स्वागत
चीनसँग प्रधानमन्त्री ओलीले गरेका सबै सन्धिसम्झौतालाई मसालले गर्यो स्वागत
बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसनिय : राष्ट्रपति भण्डारी
बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसनिय : राष्ट्रपति भण्डारी
यी महिलाले ल्याइन पुरुष, पुरुष ल्याएपछि के भयो ?
यी महिलाले ल्याइन पुरुष, पुरुष ल्याएपछि के भयो ?
करौडौ बौधलम्बी र हिन्दूलम्बीलाई दुखी बनाउने यो तस्बिर…
करौडौ बौधलम्बी र हिन्दूलम्बीलाई दुखी बनाउने यो तस्बिर…
नेपालगञ्जको मेडिकलमा आगलागी
नेपालगञ्जको मेडिकलमा आगलागी
भक्तपुर १ (क) मा काँग्रेसका भँडेल विजयी
भक्तपुर १ (क) मा काँग्रेसका भँडेल विजयी
मौरी चराउन चितवनका किसान चिउरी पाखामा
मौरी चराउन चितवनका किसान चिउरी पाखामा

तपाईंले छुटाउनुभयो कि?