फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २, २०७४
|
|
५५ पटक हेरिएको
Shares
फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना

सारांश

  • काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुका स्थानीयवासीले फोहर व्यवस्थापनमा ढिलासुस्ती भई दुर्गन्ध फैलिएको भन्दै आज कामपाको वातावारण व्यवस्थापन विभागमा धर्ना दिएका छन् ।
  • फोहर व्यवस्थापनमा लापरबाही भएका कारण त्यहाँको वातावरण बिग्रिएको, स्थानीय जनजीवनमा प्रतिकूल असर परेकाले बिहान ९ बजेदेखि स्थानीयवासीले धर्ना दिएका हुन् ।
  • महानगरपालिकाले काठमाडौँका विभिन्न वडाबाट संकलन हुने फोहरलाई टेकूस्थित फोहर संकलन केन्द्रमा जम्मा गरेर ल्याण्डफिल्ड साइट, सिसडोललगायत स्थानमा फोहर लैजाने गर्दछ ।

काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुका स्थानीयवासीले फोहर व्यवस्थापनमा ढिलासुस्ती भई दुर्गन्ध फैलिएको भन्दै आज कामपाको वातावारण व्यवस्थापन विभागमा धर्ना दिएका छन् ।

फोहर व्यवस्थापनमा लापरबाही भएका कारण त्यहाँको वातावरण बिग्रिएको, स्थानीय जनजीवनमा प्रतिकूल असर परेकाले बिहान ९ बजेदेखि स्थानीयवासीले धर्ना दिएका हुन् ।

महानगरपालिकाले काठमाडौँका विभिन्न वडाबाट संकलन हुने फोहरलाई टेकूस्थित फोहर संकलन केन्द्रमा जम्मा गरेर ल्याण्डफिल्ड साइट, सिसडोललगायत स्थानमा फोहर लैजाने गर्दछ ।

ल्याण्डफिल्ड साइटमा केही दिनदेखि फोहर व्यवस्थापन हुन नसकेका कारण काठमाडौँमा विभिन्न स्थानमा जम्मा भएको फोहर एकैपटक टेकूमा ल्याउन शुरु गरिएकाले दुर्गन्ध फैलिएको स्थानीयवासीको भनाइ छ ।

कामपा–१२ का वडा अध्यक्ष विकास महर्जनले फोहर व्यवस्थापनमा ढिलासुस्ती भएका कारण विभिन्न रोगको संक्रमण बढने खतरा रहेकाले स्थानीयवासीले विरोध गरेको जानकारी दिँदै दसैँ, दिपावलीलगायत चाडवाडका समयमा फोहर व्यवस्थापन छिटोछरितो गर्न वैकल्पिक उपाय अपनाउनका लागि छलफल गरिने जानकारी दिनुभयो ।

वातावारण व्यवस्था विभागमा इञ्जिनियर रवीनमान श्रेष्ठले स्थानीयवासीले अवरोध गरेका कारण काठमाडौँको फोहर व्यवस्थापन गर्न नसकिएको बताउनुभयो ।

धर्नाका कारण कुलेश्वर भई टेकु तथा सानेपादेखि टेकूसम्मको सडक खण्ड अवरुद्ध भएको छ । उक्त सडकमा सार्वजनिक सवारी साधन सञ्चालन हुन नसक्दा यात्रु समस्यामा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज भाइ टीका, कस्तो रहला देशभरको मौसम?
आज भाइ टीका, कस्तो रहला देशभरको मौसम?
Aishwarya Rai looks ravishing as she spotted shooting for ‘Fanne Khan’ at Mehboob Studio, see pics
Aishwarya Rai looks ravishing as she spotted shooting for ‘Fanne Khan’ at Mehboob Studio, see pics
पेट्रोल बेच्दा ठग्ने पम्प सञ्चालकलाई जेल र जरिवाना
पेट्रोल बेच्दा ठग्ने पम्प सञ्चालकलाई जेल र जरिवाना
मानहुँकोटमा एकैदिन १० हजार पर्यटक
मानहुँकोटमा एकैदिन १० हजार पर्यटक
कोरोना अपडेटः बाँकेमा आजै थपिए ४७ जना संक्रमित
कोरोना अपडेटः बाँकेमा आजै थपिए ४७ जना संक्रमित
फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ
फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ
दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन:उपसभापती सहित समितीमा अनेरास्वबियुको बर्चस्व
दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन:उपसभापती सहित समितीमा अनेरास्वबियुको बर्चस्व
संक्रमितको सख्या घट्दै, आज २७० जना थप
वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट, विप्लवका कार्यकर्तासँग दोहोरो फायरिङ !
वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट, विप्लवका कार्यकर्तासँग दोहोरो फायरिङ !
पछाडि परेका प्रदेशलाई विजेट विनियोजनमा विशेष प्राथमिकता : प्रधानमन्त्री दाहाल
पछाडि परेका प्रदेशलाई विजेट विनियोजनमा विशेष प्राथमिकता : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?