ठेकेदार कम्पनी सिएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : खानेपानी मन्त्री मगर

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
ठेकेदार कम्पनी सिएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : खानेपानी मन्त्री मगर

सारांश

  • काठमाडौं ।
  • खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी काम अघि बढाउन ठेकेदार कम्पनी सिएमसी दि रेभेनासँग कुनै दुविधा नरहेपनि कम्पनी प्रति विश्वास गर्ने वातावरण नरहेको बताउनुभएको छ ।
  •   खानेपानी तथा सरसफाईको क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था वास मिडिया फोरमले सोमबार राजधानीमा आयोजना गरेको ‘संघीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्यः दिगो विकास लक्ष्य’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले ठेकेदार कम्पनीसँग सरकारले विश्वास गर्ने आधार तयार भएमात्र काम अघि बढ्ने बताउनुभयो ।
काठमाडौं । खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी काम अघि बढाउन ठेकेदार कम्पनी सिएमसी दि रेभेनासँग कुनै दुविधा नरहेपनि कम्पनी प्रति विश्वास गर्ने वातावरण नरहेको बताउनुभएको छ ।  खानेपानी तथा सरसफाईको क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था वास मिडिया फोरमले सोमबार राजधानीमा आयोजना गरेको ‘संघीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्यः दिगो विकास लक्ष्य’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले ठेकेदार कम्पनीसँग सरकारले विश्वास गर्ने आधार तयार भएमात्र काम अघि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “ठेकेदार कम्पनी सिएमसीसँग काम गर्न कुनै दुविधा छैन तर उसँग काम गर्नका लागि विश्वसनीय आधार भने हुनुपर्छ । सरकारले उक्त कम्पनीसँग विश्वासको आधार खोजिरहेको छ । पुनः काम गर्ने भन्नेमा विश्वास गर्ने वातावरण नबनिसकेको भएपनि मन्त्रालयले उच्च स्तरमा समस्याको हल खोजिरहेको छ ।”
सिएसी कम्पनीको अविश्वासका कारण सो आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढन नसकेको उहाँको भनाई छ । खानेपानी मन्त्री मगरले मुखैमा आइसकेको सो आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार निकै गम्भीर रहेको पनि उल्लेख गर्नुभयो ।
अन्तिम अवस्थामा आएर मेलम्चीको काम रोकिंदा साह्रै दुःख लागेको बताउँदै उहाँले मेलम्चीको पानी काठमाडौंका बासिन्दालाई बाँड्न आतुर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ हामी संयमित भएर समस्याको हल गर्न खोजिरहेका छौं । मेलम्चीको काम रोकिएकोमा अरु पक्षले फाइदा नलिईयोस् भन्नका लागि सरकार निकै गम्भीर भएर लागिरहेको छ ।”
कार्यक्रममा मन्त्री मगरले खानेपानीको पहुँच भन्दा बाहिर रहेका जनताका लागि मन्त्रालयले नयाँ योजनाहरु समेटेर योजना बुक तयार गरेको जानकारी दिनुभयो । घण्टौं घण्टासम्म पानीका लागि हिंड्नुपर्ने समस्याको हल गर्न थप योजनाहरु ल्याउन लागिएको उहाँको भनाई छ । उहाँले खानेपानी मन्त्रालय गठन भएपछि पहिलो पटक खानेपानीसँग सम्बन्धित कानुनहरु निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।  खानेपानीको आपूर्तिसँगै ढल व्यवस्थापन गर्न समेत ढल नीति पारित भएको उहाँले कार्यक्रममा जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मैयाँ लोहरको लागि सहयोगको अपिल !
मैयाँ लोहरको लागि सहयोगको अपिल !
आज साउन ३२ गते शनिबारको राशिफल यस्तो छ
दशकौँदेखि भारत र पाकिस्तानका सेना कश्मीर सीमामा आमुन्नेसामुन्ने
दशकौँदेखि भारत र पाकिस्तानका सेना कश्मीर सीमामा आमुन्नेसामुन्ने
दशैँ शुरु हुनु तीन अघिदेखि नै कार्यालयहरु प्रमुखविहीन
नेमपिका लाई अनुदान लिन होइन बाम गठबंधन सहभागी हुन आव्हान ।
नेमपिका लाई अनुदान लिन होइन बाम गठबंधन सहभागी हुन आव्हान ।
भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि
भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि
एमालेका अर्का नेता राजेन्द्र गौतमको गाडि पनि एम्बुसमा पर्यो, मार्ने योजना हुनसक्ने प्रहरीको अनुमान
एमालेका अर्का नेता राजेन्द्र गौतमको गाडि पनि एम्बुसमा पर्यो, मार्ने योजना हुनसक्ने प्रहरीको अनुमान
भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने
भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने
सर्बहारा मन्त्रीहरूले फाइभस्टार बुक गरेर विश्वकप फाइनल हेरेकाे खुलासा
सर्बहारा मन्त्रीहरूले फाइभस्टार बुक गरेर विश्वकप फाइनल हेरेकाे खुलासा
लाईन काटिएका उद्योगहरुमा तत्काल विद्युत जोड्ने बोर्ड बैठकको निर्णय
लाईन काटिएका उद्योगहरुमा तत्काल विद्युत जोड्ने बोर्ड बैठकको निर्णय

तपाईंले छुटाउनुभयो कि?