खोला तर्न एक हजार शुल्क

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ २९, २०७६
|
|
४६ पटक हेरिएको
Shares
खोला तर्न एक हजार शुल्क

सारांश

  • काठमाडौं, २९ असार ।
  • पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ ।
  • वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ ।

काठमाडौं, २९ असार । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ ।यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि खोला वारपार गर्न निकै सास्ती खेप्दै आइरहेका छन् ।हरेक निर्वाचनमा यो खोलामा पक्की पुल निर्माण गर्ने सबै दलका उम्मेदवारका चुनावी एजेण्डामा समेटिन्छ । तर, पुल बनाउने कार्यमा भने कसैले चासो दिएको पाइँदैन ।जोखिम मोलेरै पानीको बहाव बढेको खोलामा पसेर मोटरसाइकल बोकेर खोला वारपार गराएवापत रु ५०० देखि एक हजारसम्म शुल्क लिने गरेको स्थानीयवासी कृष्णबहादुर सुनारीले बताउनुभयो ।

“अति आवश्यक काममा निस्केका, बिरामी बोकेर आएका मोटरसाइकल जोखिम मोलेर बोकेर खोला तारिदिने गरेको छु”, उहाँले भन्नुभयो ।पूर्वखोला गाउँपालिकाको सिलुवा बजारबाट सात किमी दक्षिणमा रहेको यस खोलामा पुल नहुँदा वर्षायाम शुरु भएपछि सवारीसाधन नै ठप्प हुँदा स्थानीयवासीले निकै सास्ती खेप्दै आइरहेको स्थानीय व्यापारी विजय सारुले बताउनुभयो ।“सामान गाडीमा ओसारपसार गर्न, गाउँघरमा उत्पादित वस्तु बजार पु¥याउन खोलामा पुल नभएकै कारण बोकेर जीविका चलाउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

राससका अनुसार सवारीसाधन ठप्प हँुदा उपभोग्य वस्तु महँगो मूल्यमा खरीद गर्न यस क्षेत्रका स्थानीयवासी बाध्य छन् ।पैदलयात्रीका लागि झोलुङ्गे पुल रहे पनि यातायातका साधन वारपार गर्न पक्की पुल नबन्दा जोखिम मोलेरै सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता रहेको होम राईमगर बताउनुहुन्छ ।यस खोलामा पक्की पुल नबन्दा निस्दी गाउँपालिकाको वडा नं ६ अर्चलेका सबै भाग, वडा नं ७ को ज्यामिरे र मित्यालका केही भेगका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘न्यायो झोला उपहार कार्यक्रम’
इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो
इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
दिवंगत मन्त्री रविन्द्र अधिकारीलगायतको आज टुँडिखेलमा श्रद्धाञ्जली
दिवंगत मन्त्री रविन्द्र अधिकारीलगायतको आज टुँडिखेलमा श्रद्धाञ्जली
भ्रष्टाचार विरोधि अभियान अन्तर्गत करिब छ हजार चिनियाँ अधिकारी कारबाहीमा
भ्रष्टाचार विरोधि अभियान अन्तर्गत करिब छ हजार चिनियाँ अधिकारी कारबाहीमा
कास्की २ : घण्टीको सुरुआती अग्रता, विद्या पछाडि
कास्की २ : घण्टीको सुरुआती अग्रता, विद्या पछाडि
मुस्लिमका लागि समानुपातिक आरक्षणको व्यवस्था सुनिश्चित गरेका छौँ : सभापति देउवा
मुस्लिमका लागि समानुपातिक आरक्षणको व्यवस्था सुनिश्चित गरेका छौँ : सभापति देउवा
अनुष्कासँग प्रेम र विवाहको चर्चा चुलिएपछि अन्ततः बोले प्रभास
अनुष्कासँग प्रेम र विवाहको चर्चा चुलिएपछि अन्ततः बोले प्रभास
यी हुन सन् २०२३ मा भारतीयले सबैभन्दा बढी खोजेका चलचित्र
यी हुन सन् २०२३ मा भारतीयले सबैभन्दा बढी खोजेका चलचित्र
कांग्रेसमा ६०/४० ले-४० मागेर आएका देउवाले ४० नै दिए
कांग्रेसमा ६०/४० ले-४० मागेर आएका देउवाले ४० नै दिए

तपाईंले छुटाउनुभयो कि?