चार महिनामा दुई अर्ब भन्दा बढीकाे क्षति !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ५, २०७५
|
|
५४ पटक हेरिएको
Shares
चार महिनामा दुई अर्ब भन्दा बढीकाे क्षति !

सारांश

  • काठमाडौँ, ५ भदौ ।
  • विगत चार महिनाको अवधिमा विपद्का घटनाबाट मात्र रु दुई अर्बभन्दा बढीको भौतिक क्षति भएको छ ।
  • गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि २०७५ भदौ ४ गतेसम्म मात्र प्राकृतिक प्रकोपका घटनाबाट रु दुई अर्ब आठ करोड ५७ लाख ४० हजार ५०८ बराबरको क्षति देशले ब्यहोर्नुपरेको छ ।

काठमाडौँ, ५ भदौ । विगत चार महिनाको अवधिमा विपद्का घटनाबाट मात्र रु दुई अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि २०७५ भदौ ४ गतेसम्म मात्र प्राकृतिक प्रकोपका घटनाबाट रु दुई अर्ब आठ करोड ५७ लाख ४० हजार ५०८ बराबरको क्षति देशले ब्यहोर्नुपरेको छ । आगालागी, हावाहुरी, बाढीपहिरो, चट्याङ, असिनापानी लगायतका घटनाबाट उक्त क्षति भएको हो । जसमध्ये आगलागीका कारण सबैभन्दा धेरै क्षति भएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार आगलागीका कारण रु एक अर्ब ८९ करोड ३९ लाख ७७ हजार ८५०, बाढीले रु तीन करोड १४ लाख ६३ हजार ९००, पहिरोले रु सात करोड ९८ लाख ४१ हजार ५०० को क्षति भएको छ ।

वर्षात्ले रु तीन करोड ८६ लाख ८६ हजार ३६०, हावाहुरीले रु तीन करोड ५८ लाख १६ हजार ९९८, चट्याङले रु ४४ लाख ७७ हजार, असिनापानीले रु चार लाख ५७ हजार र अन्य कारणबाट रु १० लाख १९ हजार ९०० मूल्य बराबरको क्षति भएको छ । विपद्का कारण चार हजार ६९८ परिवार प्रभावित भएका छन् भने एक हजार ६५७ जनावर मरेका छन् । यो वर्षमात्र प्राकृतिक प्रकोपका घटनाबाट ५६१ जनाको ज्यान गइसकेको छ । जसमध्ये पुरुष ३७८ र महिला १८३ छन् । यस्तै ९५ हराइरहेका छन् भने दुई हजार ३३१ घाइते भएका छन् । गृह मन्त्रालय राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल प्राकृतिक प्रकोपबाट हुने घटनाको उद्दार र राहतका लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार कुरा बुझेरै अगाडि बढेको छ : प्रम ओली
सरकार कुरा बुझेरै अगाडि बढेको छ : प्रम ओली
‘अनजानमा’ लडाकूको शरीरमाथि गाडी चल्योः इजराइली सेना
‘अनजानमा’ लडाकूको शरीरमाथि गाडी चल्योः इजराइली सेना
कामपाले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्‍यो
कामपाले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्‍यो
सरकारद्वारा आङ सान सुचीलाई नेपाल भ्रमण गराउने तयारी
सरकारद्वारा आङ सान सुचीलाई नेपाल भ्रमण गराउने तयारी
संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
जंगबहादुर राणाको राशलिलाः बेलायतमा एक बेश्याका लागि एक रातको खर्च ३ करोडभन्दा बढि
जंगबहादुर राणाको राशलिलाः बेलायतमा एक बेश्याका लागि एक रातको खर्च ३ करोडभन्दा बढि
दुई हप्ताभित्र एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने
दुई हप्ताभित्र एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने
भारतद्वारा वेष्ट इण्डिजविरुद्धको टी–२० सिरिज ‘क्लीन स्वीप’
भारतद्वारा वेष्ट इण्डिजविरुद्धको टी–२० सिरिज ‘क्लीन स्वीप’
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
भोलि बिहान पशुपति आर्यघाटमा  नेम्वाङको अन्त्येष्टी गरिने
भोलि बिहान पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टी गरिने

तपाईंले छुटाउनुभयो कि?