असुरक्षाका कारण हामी वीरगञ्ज नगएका हौँ : यादव

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २८, २०७९
|
|
४३ पटक हेरिएको
Shares
असुरक्षाका कारण हामी वीरगञ्ज नगएका हौँ : यादव

सारांश

  • जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य महिन्द्र राय यादवले जसपामा विधान अनुसार दुई जना अध्यक्ष राख्न भन्दा उपेन्द्र यादवले आनाकानी गर्नु नै पार्टीमा विवादको मुख्य जड भएको बताएका छन् ।
  • बाबुराम पक्षको केन्द्रीय समितिको विस्तारित बैठकमा बोल्दै उनले कलष्टर अनुसार एकजना जनजातिबाट अध्यक्ष राख्नु पर्ने भन्दा अध्यक्ष यादवले नमानेको उनले गुनासो गरेका हुन् ।
  • नेता यादवले योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिनु पर्ने बताउँदै हरेक समुदायको प्रतिनिधित्व हुने गरी सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्नु पर्ने बताए ।

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य महिन्द्र राय यादवले जसपामा विधान अनुसार दुई जना अध्यक्ष राख्न भन्दा उपेन्द्र यादवले आनाकानी गर्नु नै पार्टीमा विवादको मुख्य जड भएको बताएका छन् । बाबुराम पक्षको केन्द्रीय समितिको विस्तारित बैठकमा बोल्दै उनले कलष्टर अनुसार एकजना जनजातिबाट अध्यक्ष राख्नु पर्ने भन्दा अध्यक्ष यादवले नमानेको उनले गुनासो गरेका हुन् । नेता यादवले योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिनु पर्ने बताउँदै हरेक समुदायको प्रतिनिधित्व हुने गरी सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्नु पर्ने बताए ।

उनले पार्टीको विवाद समाधानका लागि तीन सदस्यको एउटा हेडक्वार्टर बनाइए पनि त्यसलाई राम्रोसँग चल्न नदिएको गुनासो गरे । पार्टीको बैठक बोलाउन पटक पटक माग गर्दा अध्यक्ष उपेन्द्र यादवले नमानेको बताउँदै उनले पछिल्लो समय बोलाएको बैठकको बारेमा आफूहरूलाई जानकारी नगराएकोमा चित्त दुखेको बताए ।

‘हामीले उपेन्द्र यादव बाबुराम भट्टराई र अशोक राई सम्मिलित तीन जनाको मुख्यालय बनायौ । सबै समस्याको समाधान गर्नुपर्छ । उहाँहरू बैठक बस्नुहुन्छ हामीलाई बोलाउनुहुन्छ । बाटो हेर्दै गयौँ’ यादवले भने,‘स्थानीय चुनावपछि बैठक बसौँ । समीक्षा गरौँ भनेर धेरै पटक कुरा राख्यौँ । बैठकको समीक्षा हुन सकेन । बैठक नै बस्न सकेन ।’

पार्टी कसैको एकलौटी नभएको र कसैले भन्दैमा यो पार्टी विभाजन नहुने बताए । यो जसपामा सबैको समान अधिकार छ यो पार्टीलाई फुट्न नदिने ठोकुवा गरे । तर पार्टी एकता गरे पनि २ वर्षसम्म एकता नै नभएर विभाजनको अवस्थामा पुगेको यादवले बताए ।

उनले के कारणले पार्टीको बैठक वीरगन्जमा सारेको भन्दै प्रश्न पनि गरे । ‘हामी वीरगन्ज जान तयार थियौँ । तर हामीमाथि दुर्व्यवहार हुने थाहा पाएर हामी त्यहाँ नगएको हो,’ उनले भने, ‘हामी असुरक्षित भएर नै वीरगन्ज नगएको हो । हामीलाई सुरक्षा अनुभूति भएन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचथरमा बाम गठबन्धनको अग्रता
शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै
शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै
स्यालले टोक्दा रेबिज लागेर चौपाया मर्दै
स्यालले टोक्दा रेबिज लागेर चौपाया मर्दै
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
१५ वर्ष अघि ज्ञानेन्द्रले कु गर्दाको सम्बोधन पढ्नुस, कस्तो थियो ?
१५ वर्ष अघि ज्ञानेन्द्रले कु गर्दाको सम्बोधन पढ्नुस, कस्तो थियो ?
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिदै
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिदै
विश्वभर अढाई करोडभन्दा बढि कोरोना संक्रमित
निर्वाचन नतिजा अपेक्षाकृत भएको माओवादीको निष्कर्ष
निर्वाचन नतिजा अपेक्षाकृत भएको माओवादीको निष्कर्ष
सुशासन र आर्थिक समृद्धिमा लाग्न प्रदेश प्रमुख यादवचन्द्रको आह्वान
सुशासन र आर्थिक समृद्धिमा लाग्न प्रदेश प्रमुख यादवचन्द्रको आह्वान

तपाईंले छुटाउनुभयो कि?