कीम जोङ हत्याको सुनुवाई गर्ने मलेसियाली अदालतकाे अादेश

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
३५ पटक हेरिएको
Shares
कीम जोङ हत्याको सुनुवाई गर्ने मलेसियाली अदालतकाे अादेश

सारांश

  • क्वालालम्पुर, ३१ साउन ।
  • मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा सुनुवाई गर्न आदेश दिएको छ ।
  • “आरोपित महिलाहरुले आफूमाथि लागेका आरोपको सफाईका लागि प्रक्रिया अगाडि बढाउन सक्छन्,” शाह आलम उच्च अदालतका न्यायाधीश आज्मी आरीफिनको आदेशमा भनिएको छ ।

क्वालालम्पुर, ३१ साउन । मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा सुनुवाई गर्न आदेश दिएको छ ।“आरोपित महिलाहरुले आफूमाथि लागेका आरोपको सफाईका लागि प्रक्रिया अगाडि बढाउन सक्छन्,” शाह आलम उच्च अदालतका न्यायाधीश आज्मी आरीफिनको आदेशमा भनिएको छ ।हत्या आरोपीहरुमा इन्डोनेसियाकी सिती आइस्याथ र भियतनामकी डोएन थी हुओङ रहेका छन् । ती महिलाले कीम जोङ नामलाई क्वालालम्पुर विमानस्थलमा स्नायूशक्ति ध्वस्त पार्ने भीएक्स एजेन्टले आक्रमण गरेका थिए ।

यो आदेशको अर्थ नै अभियोजन हो । महिनौंदेखि यो मुद्दा अदालतमा विचाराधीन छ । उक्त अभियोजन अनुसार थुनामा रहेका महिलाहरु विरुद्ध हत्या आरोपको पुष्टी गर्ने पर्याप्त प्रमाणहरु छन् ।अदालतको आदेशपछि दुबै महिला आश्चर्यचकित हुँदै रुवाबासी गरेका थिए । पर्याप्त प्रमाण नभएको भए न्यायाधीशले दुबै महिलालाई छोड्ने आदेश दिने थिए ।आइस्याथका वकील गूई सूनले संवाददाताहरुलाई भने।  “हामी अदालतको आदेशबाट असाध्यै निराश छौं, सुनुवाईका क्रममा हामी सकेसम्म प्रतिरक्षा गर्ने प्रयत्न गर्नेछौं ।”

दोषी ठहर भएमा दुवै महिलाले मृत्युदण्डको सजाय पाउने छन् । कोरियाली जासूसको फन्दामा परेर आफूहरुले कीममाथि आक्रमण गरेको दुवै महिलाको दाबी छ । कीममाथि प्रहार गरिएको वस्तु खतरनाक हतियारमा सूचीकृत छ ।महिनौंसम्मको सुनुवाईका क्रममा अदालत समक्ष ती महिलाले आफूहरुलाई चारजना उत्तर कोरियालीले तालिम दिएको र हत्यामा उनीहरुकै प्रत्यक्ष संलग्नता रहेको बताउँदै आएका थिए ।महिलाहरुतर्फका वकीलहरुले सरकारी अधिकारीहरुले आरोपित महिलाहरुले कीमको हत्या गर्नुपर्ने आधार प्रमाण जुटाउन नसकेको दाबी गरिरहेका छन् । उत्तर कोरियाली सत्तारुढ परिवारको समर्थन जुटाउन नसकेपछि कीम एक दशकदेखि निर्वासनमा रहँदै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रो चरणको चुनाव असार ९ गते हुने
दोस्रो चरणको चुनाव असार ९ गते हुने
कोरोना अस्थायी अस्पतालमा मृत्यु भएकी युवतीको रिपोर्ट नेगेटिभ
कोरोना अस्थायी अस्पतालमा मृत्यु भएकी युवतीको रिपोर्ट नेगेटिभ
विश्वभर कोरोना प्रकोपः आइतबारमात्रै ९७ जनाको मृत्यु, ४० हजारबढी संक्रमित
विश्वभर कोरोना प्रकोपः आइतबारमात्रै ९७ जनाको मृत्यु, ४० हजारबढी संक्रमित
गंगामाया अधिकारी अनशन तोड्ने
गंगामाया अधिकारी अनशन तोड्ने
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
चार करोड भन्दा बढी मूल्यको इलेक्ट्रोनिक चुरोट ‘भेप’ बरामद
चार करोड भन्दा बढी मूल्यको इलेक्ट्रोनिक चुरोट ‘भेप’ बरामद
यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा
यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा
छाउपडी प्रथा अगाल्नेलाई सेवा सुविधामा रोक
छाउपडी प्रथा अगाल्नेलाई सेवा सुविधामा रोक
जेलमा रहेकी इरानी अधिकारकर्मी मोहमदीलाई नोबेल शान्ति पुरस्कार
जेलमा रहेकी इरानी अधिकारकर्मी मोहमदीलाई नोबेल शान्ति पुरस्कार
अमेरिकाले पाँच वर्षभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने
अमेरिकाले पाँच वर्षभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने