रौतहटमा राजपा फोरम, कार्यकर्ता र प्रहरीबीच झडप

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
४८ पटक हेरिएको
Shares
रौतहटमा राजपा फोरम, कार्यकर्ता र प्रहरीबीच झडप

सारांश

  • रौतहट, १५ मंसिर , रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ ।
  • बिहीबार राति ८ बजे गरुडा नगरपालिका–५ महमदपुुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरहेको बिभिन्न भ्रामक भिडिओलाई प्रहरीले नियन्त्रण लिन खोजेपछि झडप भएको हो ।
  • झडपमा परेर १४ प्रहरी र तीनजना गठबन्धनका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।

रौतहट, १५ मंसिर , रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ ।

बिहीबार राति ८ बजे गरुडा नगरपालिका–५ महमदपुुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरहेको बिभिन्न भ्रामक भिडिओलाई प्रहरीले नियन्त्रण लिन खोजेपछि झडप भएको हो । झडपमा परेर १४ प्रहरी र तीनजना गठबन्धनका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।

एक्कासि प्रहरीमाथि ठूलो सङ्ख्यामा रहेका गठबन्धनका कार्यकर्ताले ढुुंगामुुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थित नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाई फायर र एक दर्जन अश्रुुग्यास सेल प्रहार गर्नुु परेको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोविन्द थापाले बताउनुुभयो । झडपमा परेर घाइते भएका तीनैजनाको टाउकामा चोट लागेको घाइतेमध्ये दुुईजनाको चन्द्रनिगाहपुुर अस्पताल र एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको गठबन्धनले जनाएको छ ।

त्यसैगरी प्रहरीतर्फ १० र चारजना सशस्त्र प्रहरी गरी १४ जना घाइते भएका छन् । दुई जनाको टाउकामा टाँका लागेको, एकजनाको हात भाँचिएको, एकजना प्रहरीको छातीमा गम्भीर चोट लागेको र बाँकीलाई सामान्य चोटपटक लागेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुुभयो । फोरमका नेता योगेन्द्र यादवले अन्य दलले आचारसंहिता उल्लङ्घन गर्दा प्रहरीले वास्ता नगरेको तर मधेशवादीमाथि दमन गरिरहेको आरोप लगाउनुुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले निर्वाचन आचारसंहिता विपरीत कुनै पनि दलका कार्यकर्ताले काम गरेको पाइएमा अथवा सूचना आएमा नियमानुुसार कार्यवाही गर्ने बताउनुुभयो । गए राति भएको घटनाको छानबिनसमेत भइरहेको उहाँले जानकारी दिनुुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनसनको बहाना बनाएर अस्पताल ध्वस्त पार्न चाहने तत्व सक्रिय !
अनसनको बहाना बनाएर अस्पताल ध्वस्त पार्न चाहने तत्व सक्रिय !
Chinese Art Exhibition opens
Chinese Art Exhibition opens
उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा
उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा
घिमिरेको खुलासा : ओलीलाई भ्रष्टाचारले तान्छ, ज्ञानेन्द्र राजा बन्ने सम्भावना छ
घिमिरेको खुलासा : ओलीलाई भ्रष्टाचारले तान्छ, ज्ञानेन्द्र राजा बन्ने सम्भावना छ
एमालेले बदर मत हेर्न खोजेपछि धनुषा ४ मा फेरि मतगणना स्थगित
एमालेले बदर मत हेर्न खोजेपछि धनुषा ४ मा फेरि मतगणना स्थगित
पाँच वर्षभित्र खाद्यान्न निर्यात गरिने वाम गठबन्धनको प्रतिबद्धता
पाँच वर्षभित्र खाद्यान्न निर्यात गरिने वाम गठबन्धनको प्रतिबद्धता
फ्री कल सुबिधा सहित ट्याक्सीमाण्डुमा थपियो बाइक सेवा पनि अब ग्राहकले आफै भाडा तोक्न मिल्ने
फ्री कल सुबिधा सहित ट्याक्सीमाण्डुमा थपियो बाइक सेवा पनि अब ग्राहकले आफै भाडा तोक्न मिल्ने
कांग्रेस, एमाले र माओवादीद्वारा सांसद पद टेण्डर शैलीमा बेच्दै
कांग्रेस, एमाले र माओवादीद्वारा सांसद पद टेण्डर शैलीमा बेच्दै
के तपाई लामो दाह्री मन पर्छ ? यसरी बढाउनुस्
के तपाई लामो दाह्री मन पर्छ ? यसरी बढाउनुस्
जिते दिलबहादुरले मृत्युदण्ड, एकै दिन १५ लाख हस्तान्तरण, ऊर्जामन्त्री र पूर्वसभामुखले दिए १ लाख
जिते दिलबहादुरले मृत्युदण्ड, एकै दिन १५ लाख हस्तान्तरण, ऊर्जामन्त्री र पूर्वसभामुखले दिए १ लाख

तपाईंले छुटाउनुभयो कि?