दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न राष्ट्रियसभाका अध्यक्षको आग्रह

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ७, २०७९
|
|
५९ पटक हेरिएको
Shares
दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न राष्ट्रियसभाका अध्यक्षको आग्रह

सारांश

  • काठमाडौं ।
  • राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन् ।
  • त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणको अभियानमा सहमति कायम गर्दै अगाडि बढ्न सकिएमा मात्र सहिदप्रति सच्चा सम्मान र मुलुकले समृद्धितर्फ पाइला चाल्नसक्ने बताएका छन् ।

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन् । त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणको अभियानमा सहमति कायम गर्दै अगाडि बढ्न सकिएमा मात्र सहिदप्रति सच्चा सम्मान र मुलुकले समृद्धितर्फ पाइला चाल्नसक्ने बताएका छन् ।

उनले सन्देशमा विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व तथा राष्ट्रिय एकता आजको आवश्यकताको रूपमा रहेको उल्लेख गरेका छन् । ‘राष्ट्रिय हितका लागि हामी सबै केन्द्रित हुनुपर्नेमा कतिपय अवस्थामा स्वार्थकेन्द्रित गतिवधि देखिएकाले त्यस्ता प्रवृत्तिप्रति सम्पूर्ण राजनीतिक दल, सरकार स्वयं र आम नेपाली जनतासमेत सजग र सचेत हुनु आवश्यक छ’, जारी सन्देशमा भनिएको छ ।

सन्देशमा प्रजातन्त्र प्राप्तिको मार्गदर्शनमा वर्तमान संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पसहित सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाजस्ता आधारभूत विशेषतालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ ।

‘संविधानको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन गर्न, नागरिकका आधारभूत मौलिक हक तथा मानवअधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायिक वितरण गर्नतर्फ हाम्रो ध्यान जानु जरुरी छ’, सन्देशमा भनिएको छ, ‘राजनीतिक परिवर्तन संस्थागत भए पनि जनताले द्रुत आर्थिक विकास, सामाजिक न्याय र सुशासनको पूर्ण अनुभूति गर्न भने पाएका छैनन् ।’

नेपाली जनताको लोकतन्त्रप्रतिको समर्पित भावना र दृढ इच्छाशक्तिकै कारण संविधानमार्फत जनतामा निहित सार्वभौमसत्ता, स्वायत्तता र स्वशासनको अधिकारप्राप्त भएको उल्लेख गर्दै सन्देशमा उनले प्रजातन्त्रको जगमा अहिले हामीले सङ्घीय लोकतान्त्रिक गणतन्संसदीय शासन व्यवस्था अवलम्बन गरेको बताए । दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक व्यवहारलाई आत्मसात् गर्ने प्रेरणा सबैमा मिल्ने उहाँले सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यपहाडी राजमार्ग खुल्यो, पहिरोको जोखिम भएकोले सतर्कता अपनाउन आग्रह
मध्यपहाडी राजमार्ग खुल्यो, पहिरोको जोखिम भएकोले सतर्कता अपनाउन आग्रह
सत्यनारायणले प्रेम पाउन जमिनदारी त्यागे, अरु के के त्यागे!
सत्यनारायणले प्रेम पाउन जमिनदारी त्यागे, अरु के के त्यागे!
शनिबार संसद्को बिदाई
शनिबार संसद्को बिदाई
नेपाल वायुसेवा निगमका महाप्रवन्धक कंसाकारको गैरजिम्मेवारपनले यात्रुहरु अलपत्र !
नेपाल वायुसेवा निगमका महाप्रवन्धक कंसाकारको गैरजिम्मेवारपनले यात्रुहरु अलपत्र !
असार २५ गते बुधबारको राशीफल यस्तो छ
मोदीलाई प्रचण्डले साेधे ‘ जनकपुर भारतको हो भन्नेलाई के गर्नुहुन्छ ?
मोदीलाई प्रचण्डले साेधे ‘ जनकपुर भारतको हो भन्नेलाई के गर्नुहुन्छ ?
बक्स अफिसमा ‘गौँथली’ को बम्पर व्यापार:१० दिनमै ७ करोड ४२ लाख कलेक्सन
बक्स अफिसमा ‘गौँथली’ को बम्पर व्यापार:१० दिनमै ७ करोड ४२ लाख कलेक्सन
शक्तिशाली कम्युनिष्ट पार्टी बनेको भन्दै मकाउमा खुसीयाली
शक्तिशाली कम्युनिष्ट पार्टी बनेको भन्दै मकाउमा खुसीयाली
रोड टु यूएफसीको सेमिफाइनलमा रवीन्द्र ढाँटले न्युजिल्यान्डका कासिब मर्डोकसँग भिड्दै
रोड टु यूएफसीको सेमिफाइनलमा रवीन्द्र ढाँटले न्युजिल्यान्डका कासिब मर्डोकसँग भिड्दै
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत

तपाईंले छुटाउनुभयो कि?