मध्यपहाडी राजमार्ग खुल्यो, पहिरोको जोखिम भएकोले सतर्कता अपनाउन आग्रह

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन १७, २०८१
|
|
५५ पटक हेरिएको
Shares
मध्यपहाडी राजमार्ग खुल्यो, पहिरोको जोखिम भएकोले सतर्कता अपनाउन आग्रह

सारांश

  • सिन्धुली।
  • बाढी र पहिरोका कारण झन्डै एक सातादेखि अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग आज विहीबारबाट सञ्चालनमा आएको छ।
  • गत असोज ११ र १२ गते आएको अविरल बर्षाले अवरुद्ध भएको मध्यपहाडी राजमार्ग खुलेको गोलञ्जोर गाँउपालिका सिन्धुलीका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकारले जानकारी दिए।

सिन्धुली। बाढी र पहिरोका कारण झन्डै एक सातादेखि अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग आज विहीबारबाट सञ्चालनमा आएको छ।

गत असोज ११ र १२ गते आएको अविरल बर्षाले अवरुद्ध भएको मध्यपहाडी राजमार्ग खुलेको गोलञ्जोर गाँउपालिका सिन्धुलीका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकारले जानकारी दिए।

अविरल बर्षासँगै आएको बाढी र पहिरोले मध्यपहाडी राजमार्गका ठाँउठाँउमा पहिरो खसेर अवरुद्ध भएको थियो। चार ओटा एक्स्काभेटरले निरन्तर तीन दिनदेखि पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो।

फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकाले घुर्मी र खुर्कोट दुबैतर्फबाट सडक खुलाउन मेसिन प्रयोग गरिएको थियो। उपाध्यक्ष न्यौपानेले राजमार्ग खुलेपनि साना साना पहिरोको जोखिम कायम रहेकोले यात्रा गर्दा सजग भएर गर्न अनुरोध गरेका छन्।

खुर्कोट-घुर्मी करिब ६० किलोमिटर सडकका दर्जनौँ स्थानमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो। गोलञ्जोर गाँउपालिका-२ का वडा अध्यक्ष दौलत कार्कीका अनुसार कुखुरेटारमा ठुला ढुङ्गासहितको पहिरो भएकाले पन्छाउने काम भइरहेको छ।

बाढी पहिरोले मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी खण्डस्थित अक्करेभिर, हैबारबेसी, बलेनी, मुर्कीबेसी कुखुरेटार कुडुले, सुमनामबेसी, नवलपुर, निगुरेखोला, पंचकन्या लगायत दर्जनौँ स्थानमा पहिरो खसेको थियो।

पहिरो पन्छाउन स्थानीय निकाय तथा स्थानीय बासिन्दाहरु सक्रिय भएका थिए। खुर्कोट-घुर्मी खण्ड सुचारु भएसँगै खोटाङ, ओखलढुङगा सोलुखुम्बु, भोजपुर लगायतका पुर्वी पहाडी जिल्लाहरुमा जान आउन आउन बाटो खुलेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?