बोक्सीको आरोपमा वृद्धा दम्पती कुटिए

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १३, २०७६
|
|
३९ पटक हेरिएको
Shares
बोक्सीको आरोपमा वृद्धा दम्पती कुटिए

सारांश

  • काठमाडौं १३ बैशाख ।
  • बोक्सी र बोक्सा आरोपमा कुटपिट हुँदा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ का वृद्धवृद्धा घाइते भएका छन् ।
  • ६० वर्षीय वृद्ध र उनकी श्रीमतीलाई एकै परिवारका चार सदस्यले कुछपिट गरेका हुन् ।

काठमाडौं १३ बैशाख । बोक्सी र बोक्सा आरोपमा कुटपिट हुँदा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ का वृद्धवृद्धा घाइते भएका छन् । ६० वर्षीय वृद्ध र उनकी श्रीमतीलाई एकै परिवारका चार सदस्यले कुछपिट गरेका हुन् । वृद्धा बेहोस भएर घटनास्थमै ढलेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई उपचारका लागि नोबेल अस्पताल बेलबारीमा भर्ना गरिएको थियो । त्यसपछि वृद्धालाई विराटनगरको कोसी अस्पताल ल्याएर थप उपचार गरिएको छ । उनलाई संरक्षण दिने कोकन नेपालको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घरमा उनीहरु दुई जना मात्र बस्दै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?