हिउँ चितुवाको ‘सेटलाइट कलार’बाट आउन थाल्यो सूचना

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
३८ पटक हेरिएको
Shares
हिउँ चितुवाको ‘सेटलाइट कलार’बाट आउन थाल्यो सूचना

सारांश

  • शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा दुई हिउँ चितुवामा सफलतापूर्वक जडान गरिएको सेटलाइट कलारबाट हिउँ चितुवाको अवस्थितसम्बन्धी सूचनाको नियमित जानकारी आउन थालेको छ ।
  • वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग नेतृत्वको प्राविधिक कर्मचारी टोलीले गत कात्तिक ३० गते करीब चार वर्ष उमेर र ३८ केजी तौल भएको ‘जेदोराङ’ नामको वयस्क भाले हिउँ चितुवामा ‘सेटलाइट कलार’ जडान गरेको थियो ।
  • यसैगरी यही मङ्सिर २ गते करीब पाँच वर्ष उमेर र ३३ केजी तौल भएको ‘स्यामिङ’ नामको वयस्क भाले हिउँ चितुवामा सेटलाइट कलार जडान गरिएको विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा दुई हिउँ चितुवामा सफलतापूर्वक जडान गरिएको सेटलाइट कलारबाट हिउँ चितुवाको अवस्थितसम्बन्धी सूचनाको नियमित जानकारी आउन थालेको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग नेतृत्वको प्राविधिक कर्मचारी टोलीले गत कात्तिक ३० गते करीब चार वर्ष उमेर र ३८ केजी तौल भएको ‘जेदोराङ’ नामको वयस्क भाले हिउँ चितुवामा ‘सेटलाइट कलार’ जडान गरेको थियो ।

यसैगरी यही मङ्सिर २ गते करीब पाँच वर्ष उमेर र ३३ केजी तौल भएको ‘स्यामिङ’ नामको वयस्क भाले हिउँ चितुवामा सेटलाइट कलार जडान गरिएको विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । जडान गरिएका हिउँ चितुवाको अवस्थितिसम्बन्धी सूचनाको जानकारी नियमितरुपमा आउन थालेको विभागले जनाएको छ ।

स्थानीय पहिचानका आधारमा ती हिउँ चितुवाको नाम राखिएको हो । सेटलाइट कलार जडानअघि अनुभवी प्राविधिक टोलीले हिउँ चितुवालाई पासोमा पारेर बेहोस् बनाई स्वास्थ्य जाँचपछि कलरिङ गर्ने गर्दछन् । गत भदौ १५ गतेको वनमन्त्रीस्तरीय निर्णयअनुसार विभागले पाँच वर्ष्भित्र १२ हिउँ चितुवालाई सेटलाइट कलार लगाई अध्ययन गर्ने उद्देश्यबमोजिम शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा दुई हिउँ चितुवामा सेटलाइट कलार जडान गरी शुरुवातको थालनी गरिएको हो ।

सो निर्णअनुसार विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक तथा प्राविधिक सहयोगबाट अन्नपूर्ण–मनास्लु संरक्षण क्षेत्रमा आठ र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा चार हिउँ चितुवामा सेटलाइट कलार जडान गरिनेछ ।

सो योजनाअनुसार यसवर्ष हिउँ सेटलाइटसम्बन्धी निर्दे्शिका तयार गर्ने, स्थलगत कार्ययोजना तयार गर्नेलगायत कार्य गरिएको छ । आगामी पाँच वर्ष्भित्र स्वीकृत प्रस्तावअनुसार क्रमशः बाँकी हिउँ चितुवामा पनि सेटलाइट कलार जडान गर्दे जाने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

विभागले यसअघि पूर्वमा अवस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्रका चार हिउँ चितुवामा सेटलाइट कलार जडान गरी नियमित सूचना लिइरहेको छ । हिउँ चितुवाको घाँटीमा जडान गरिएको सेटलाइट कलारले दिने आवतजावत, बासस्थान, व्यवहारसम्बन्धी नियमित सूचनाले सङ्कटापन्न अवस्थामा रहेको हिउँ चितुवा संरक्षण व्यवस्थापन योजना निर्माणमा सहयोग पुुग्ने विभागको विश्वास छ ।

जडान गरिएका सेटलाइट कलारले प्रदान गरेको सूचना आधारमा हिउँ चितुवाले आहारा खोजी क्रममा करीब १० किमी भन्दा बढी दुरी आवतजावत गर्ने र उत्तरी सिमाना तिब्बत्तर्फ तथा पूर्वमा भारतमा समेत आवतजावत गर्ने गरेको देखिएको छ । हिउँ चितुवाको संरक्षणका लागि अन्तरदेशीय समन्वय गर्न पनि सेटलाइट कलारले प्रदान गर्ने सूचनाले महत्वपूर्ण हुने विभागको भनाइ छ ।

विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिजस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ । हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्वपूर्ण हिस्सा हो । हिउँ चितुवा नेपालमा करीब ३०० देखि ४०० र विश्वमा करीब तीन हजार ५०० देखि सात हजारको सङ्ख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिका हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ ।

मन्त्रालयले हिउँ चितुवा पाइने हिमाली क्षेत्रलाई तीन खण्डमा विभाजन गरी संरक्षणका कार्यक्रम अघि बढाएको छ । पूर्वको कञ्चनजङ्घादेखि गणेश हिमालसम्म, मनास्लुदेखि धौलागिरि हिमालसम्म र कालीगण्डकी नदीदेखि अपि नगरपालिका संरक्षण क्षेत्रसम्मका भाग रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी भोली पोल्याड जाँदै
जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी भोली पोल्याड जाँदै
आजको मौसम: चार प्रदेशमा पानी पर्ने
आजको मौसम: चार प्रदेशमा पानी पर्ने
अबिवाहित नायीका केकी ले भनीन् ‘गर्भमा ५ महिनाकाे बच्चा बाेकेर हिंडिरहेकि छु’
अबिवाहित नायीका केकी ले भनीन् ‘गर्भमा ५ महिनाकाे बच्चा बाेकेर हिंडिरहेकि छु’
शुक्लाफाँटा नगरपालिका तीन हजार युवा वैदेशिक रोजगारीमा
शुक्लाफाँटा नगरपालिका तीन हजार युवा वैदेशिक रोजगारीमा
सिंगापुरद्धारा पाँच अर्ब डलरभन्दा बढीको राहात प्याकेज घोषणा
सिंगापुरद्धारा पाँच अर्ब डलरभन्दा बढीको राहात प्याकेज घोषणा
भिजिबिलिटी कम हुँदा दुर्गम जिल्लामा हवाई उडान प्रभावित
भिजिबिलिटी कम हुँदा दुर्गम जिल्लामा हवाई उडान प्रभावित
नेपालको पत्रको आयो भारतको ‘रेस्पोन्स’, सीमा विवाद सुल्झाउन तयार
नेपालको पत्रको आयो भारतको ‘रेस्पोन्स’, सीमा विवाद सुल्झाउन तयार
देशकै ठूलो सवस्टेशन ढल्केबरमा बन्दै, पुससम्म निर्माण कार्य सकिने
देशकै ठूलो सवस्टेशन ढल्केबरमा बन्दै, पुससम्म निर्माण कार्य सकिने

तपाईंले छुटाउनुभयो कि?