कित्ताकाट खुलाउन पहल

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १२, २०७९
|
|
४६ पटक हेरिएको
Shares
कित्ताकाट खुलाउन पहल

सारांश

  • रसुवा ।
  • गत असारको तेस्रो सातादेखि रोकिएको जमिनका कित्ताकाट खुलाउन यहाँका पालिकाले पहल सुरुआत गरेका छन् ।
  • यसलाई कार्यान्वयन गर्न यहाँका पाँच गाउँपालिकामध्ये पहिलो चरणमा उत्तरगयाले गृहकार्य अगाडि बढाएको हो ।

रसुवा । गत असारको तेस्रो सातादेखि रोकिएको जमिनका कित्ताकाट खुलाउन यहाँका पालिकाले पहल सुरुआत गरेका छन् । यसलाई कार्यान्वयन गर्न यहाँका पाँच गाउँपालिकामध्ये पहिलो चरणमा उत्तरगयाले गृहकार्य अगाडि बढाएको हो । यसका लागि उसले सुझाव सङ्कलन सम्पन्न गरेको छ ।

आवास क्षेत्र र कृषियोग्य जग्गाका विषयमा यकिन गरेर मात्र कित्ताकाट गराउन संघीय सरकारले सबै पालिकालाई पत्राचार गरेको थियो ।

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले सुझाव सङ्कलनकार्य सम्पन्न गरी निर्णयमा जाने अन्तिम तयारी भएको जानकारी दिए । भू–उपयोगको नीतिअनुरूप सङ्कलित सुझाव र विज्ञको सिफारिसलाई आधार मानी यही चैत २५ गतेभित्र निर्णय लिइसक्ने उनले बताए । कृषिका लागि दुई रोपनी र घडेरीका लागि साढे चारआनाभन्दा कम कित्ताकाट गर्न नपाइने भू–उपयोग नीतिले औँल्याएको छ ।

असारदेखि हालसम्म कित्ताकाट हुन नसकेकै कारण रु ३० लाखभन्दा बढी राजस्व घटेको मालपोत कार्यालयले जनाएको छ । कित्ताको रजिष्टे«शन, मरूवा नामसारी, बैंक–वित्तीय संस्थाको धितो बन्धकको कामबाहेक कित्ताकाटबाट गरिने रजिष्ट्रेशनकार्य रोकिएको मालपोत प्रमुख गणेश श्रेष्ठले बताए ।

नौकुण्ड गाउँपालिकाले जमिनको कित्ता नम्बरसहितको लगत सङ्कलन सुरू गरेको अध्यक्ष नुर्पुसाङ्वो घलेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिउँदे अधिवेसन आइतवारदेखि सुरु हुँदै
हिउँदे अधिवेसन आइतवारदेखि सुरु हुँदै
काठमाडौँ बिहिवार एकैदिन थपिए २५४० कोरोना संक्रमित
काठमाडौँ बिहिवार एकैदिन थपिए २५४० कोरोना संक्रमित
तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहार, दुइजना घाइते
तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहार, दुइजना घाइते
नेपाली युवकसँग बिहे गर्दै बलिउड अभिनेत्री श्रद्धा कपूर
नेपाली युवकसँग बिहे गर्दै बलिउड अभिनेत्री श्रद्धा कपूर
सिभिल इन्जिनियरको अपराध यात्रा :  अध्यापन छाडेर तीन वर्षदेखि लागुऔषध कारोबार !
सिभिल इन्जिनियरको अपराध यात्रा : अध्यापन छाडेर तीन वर्षदेखि लागुऔषध कारोबार !
गोपाल खड्काको घर डेढ महिनामा पनि अदालतले फेला पार्न सकेन
गोपाल खड्काको घर डेढ महिनामा पनि अदालतले फेला पार्न सकेन
मन्त्रिपरिषद्द्वारा नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्ने अनुमति
मन्त्रिपरिषद्द्वारा नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्ने अनुमति
रौतहटमा विद्युत् सर्ट हुँदा घरमा आगलागी
रौतहटमा विद्युत् सर्ट हुँदा घरमा आगलागी
मनाेरञ्जन समाचार: नाना पाटेकरलाई बलिउडले दुःखमा पनि साथ दिएन, आमाको निधनमा भए एक्लै
मनाेरञ्जन समाचार: नाना पाटेकरलाई बलिउडले दुःखमा पनि साथ दिएन, आमाको निधनमा भए एक्लै
काठमाडौंमा एकैदिन २२८३ जना कोरोना संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?