प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २९, २०८०
|
|
३४ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत

सारांश

  • काठमाडौं ।
  • सरकारले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।
  • सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघबाट सिधै हुने चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

काठमाडौं । सरकारले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघबाट सिधै हुने चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषि लगाएतका बिषयमा दुईपक्षीय छलफल हुने र केहि विषयमा समझदारी हुने उनले बताइन् । बैठकले संविधान दिवसका अवसरमा प्रदान गरिने विभुषण वितरणलाई मर्यादित बनाई राष्ट्रको सम्मानको रुपमा स्थापीत गर्न अन्तराष्ट्रिय अभ्यास र विभुषणसम्बन्धी कानूनको अध्ययन गरि तीन महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ ।

कार्यदलको अध्ययन प्रतिवेदन नआएसम्म हाललाई विभुषण प्रदान कार्य स्थगन गरिएको प्रवक्ता शर्माले बताइन् । बैठकले कर प्रणाली सुधारका लागि समिति गठन गर्ने निर्णय गरेको छ भने चाडपर्वलाई ध्यानमा राखेर साल्ट टे«ेडिङ र खाद्य व्यवस्थालाई ५० प्रतिशत भन्सार छुटमा १०–१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृत दिने निर्णय गरिएको उनले बताइन् ।

त्यस्तै बैठकले सिचाई नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने नेपाल नागरिकता ऐन तेश्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?