स्यालले टोक्दा रेबिज लागेर चौपाया मर्दै

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ११, २०८०
|
|
३८ पटक हेरिएको
Shares
स्यालले टोक्दा रेबिज लागेर चौपाया मर्दै

सारांश

  • काठमाडौं ।
  • कन्चनपुरमा घर–घरमा आएर पुशलाई टोक्ने स्याललाई परीक्षण गर्दा रेबिज पुष्टि भएको छ ।
  • कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–१ मा आतङ्क मच्चाएपछि स्थानीयले स्याललाई मारेका थिए ।

काठमाडौं । कन्चनपुरमा घर–घरमा आएर पुशलाई टोक्ने स्याललाई परीक्षण गर्दा रेबिज पुष्टि भएको छ ।

कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–१ मा आतङ्क मच्चाएपछि स्थानीयले स्याललाई मारेका थिए । उक्त स्याललाई धनगढीमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परिक्षण गर्दा रेबिज पुष्टि भएको स्रोतले जानकारी दियो ।

‘स्यालमा प्रायः रेबिज हुने गर्दछ’,स्रोतले भन्यो ‘तर, पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पहिलो पटक स्यालमा रेबिज परीक्षण गरेको हो ।’

यहीे वर्ष स्यालले टोकेपछि सो क्षेत्रमा रेबिज देखिएका दर्जनौं घरपालुवा पशु मरेका छन् । यो समस्या जटिल बन्दै गएपछि स्थानीयहरु त्रसित भएका छन् ।

कैलाली, कञ्चनपुर दुवै जिल्लामा पशुहरुमा रेबिज देखा परेको छ । पछिल्लो दुई÷तीन महिनाको अवधिमा गाई, भैंसी, बाख्रा, कुकुर र स्यालमा गरी २२ वटा रेबिज अन्वेषण गरिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?