काठमाडौको नेपालटारमा सवारी दुर्घटना, एक जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १४, २०७९
|
|
३६ पटक हेरिएको
Shares
काठमाडौको नेपालटारमा सवारी दुर्घटना, एक जनाको मृत्यु

सारांश

  • काठमाडौँ  ।
  • काठमाण्डौको तार्केश्वर नगरपालिका–२ नेपालटार भेडीगोठमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा एक जना घाइते भएका छन् ।

काठमाडौँ  । काठमाण्डौको तार्केश्वर नगरपालिका–२ नेपालटार भेडीगोठमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

काभ्रेस्थलीबाट जरङखुतर्फ जाँदै गरेको बा २१ च ५१०६ नम्बरको जिप आज बिहान १० बजे अचानक पल्टिएर विपरीत दिशाबाट आँउदै गरेको बा ५ ख २३५ नम्बरको बसमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक मकवानपुर घर भइ काभ्रेस्थली बस्ने २६ वर्षीय सुनिल तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा आज दिउसो सवा १२ बजे मृत्यु भएको हो ।

घाइते भएका जिपका परिचालक काभ्रेस्थलीका २४ वर्षीय बिकेश तामाङको सोहि अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?