के नरेन्द्र मोदीको कारण रोकिएको हो त पार्टी एकता?

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २६, २०७५
|
|
५३ पटक हेरिएको
Shares
के नरेन्द्र मोदीको कारण रोकिएको हो त पार्टी एकता?

सारांश

  • काठमाडाै, २६ वैशाख ।
  •   नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी बीचको पार्टी एकीकरण प्रक्रियामा ढिलाइ भएको बताएकी छिन्।
  • रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा प्रवक्ता भुसालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण दुई पार्टीको एकीकरण प्रक्रियामा ढिलाइ भएको बताएकि हुन।

काठमाडाै, २६ वैशाख ।  नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी बीचको पार्टी एकीकरण प्रक्रियामा ढिलाइ भएको बताएकी छिन्।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा प्रवक्ता भुसालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण दुई पार्टीको एकीकरण प्रक्रियामा ढिलाइ भएको बताएकि हुन।

पार्टी एकीकरणका विषयमा आपसी गृहकार्य भइरहेको र बाहिर आएजस्तो एमालेमा माओवादी र माओवादीमा एमाले विलय नभई सम्मानजनक ढंगले दुई पार्टी एकीकरण हुने बताउँदै उनले पार्टी एकता संयोजन समितिले एकीकरणका लागि आवश्यक तयारी गरिरहेको बताइन्।

अहिले नै सरकारका गतिविधिको समीक्षा गर्ने बेला नभइसकेको भन्दै प्रवक्ता भुसालले सरकारले निर्वाचनको समयमा जनतामाझ लिएर गरेका एजेण्डाअनुसार काम अघि बढाएको बताइन्।

सरकारले तोकिएकै समयमा बजेट ल्याइसक्ने बताउँदै उनले उक्त बजेट जनमुखी र आर्थिक समृद्धिको खाका भएको बताइन्। कार्यक्रममा प्रवक्ता भुसालले विगतमा जस्तै नभई यो सरकारले कूटनीतिक पाटोलाई देश र समयानुकूल बनाउँदै गएको बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली बैंक ग्यारेन्टी पेश गरी ठेकेदारलाई भुक्तानी दिएपछि…
नक्कली बैंक ग्यारेन्टी पेश गरी ठेकेदारलाई भुक्तानी दिएपछि…
निर्वाचनप्रति पर्यटकको रुचि
निर्वाचनप्रति पर्यटकको रुचि
मुलपानी ग्लोबल आइएमईको नयाँ एक्टेन्सन काउन्टर
मुलपानी ग्लोबल आइएमईको नयाँ एक्टेन्सन काउन्टर
सगरमाथाकाे उचार्इ घट्याे कि घटार्इयाे ?
सगरमाथाकाे उचार्इ घट्याे कि घटार्इयाे ?
पूर्वमन्त्री मानबहादुर जबेगु राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत
पूर्वमन्त्री मानबहादुर जबेगु राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत
दुईदिनदेखीको अविरल वर्षाका कारण उत्तरी धादिङमा पहिरो: सात घर पुरियो, १२ घर उच्च जोखिममा
दुईदिनदेखीको अविरल वर्षाका कारण उत्तरी धादिङमा पहिरो: सात घर पुरियो, १२ घर उच्च जोखिममा
ओलीले संकटकाल लगाएर भएपनि सत्ता लम्ब्याउने धम्की दिन थालेका छन् : वर्षमान पुन
ओलीले संकटकाल लगाएर भएपनि सत्ता लम्ब्याउने धम्की दिन थालेका छन् : वर्षमान पुन
यी हुन् भावी आइजिपीको लाइनका दुइजना, ११ एसएसपीको डिआइजी बढुवा
साउन ३ गते शुक्रबारको राशीफल यस्तो छ
साउन ३ गते शुक्रबारको राशीफल यस्तो छ
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा

तपाईंले छुटाउनुभयो कि?