साढे दुई वर्षमा बल्ल प्रधानमन्त्री ओलीले गरे शिलान्यास

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र २५, २०७४
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – सम्झौता भएको साढे दुई वर्षपछि नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजना औपचारिक रुपमा निर्माण सुरु भएको छ।
  • इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको शनिबार शिलान्यास भएको छ।
  • नेपाल र भारतका प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र नरेन्द्र मोदीले संयुक्त रुपमा नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट परियोजनाको शिलान्यास गरेका हुन्।

काठमाडौं – सम्झौता भएको साढे दुई वर्षपछि नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजना औपचारिक रुपमा निर्माण सुरु भएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको शनिबार शिलान्यास भएको छ।

नेपाल र भारतका प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र नरेन्द्र मोदीले संयुक्त रुपमा नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट परियोजनाको शिलान्यास गरेका हुन्। भारतीय नाकाबन्दीका बेला पनि प्रधानमन्त्री रहेका ओलीले पेट्रोलियम पदार्थको विकल्प खोज्ने उद्घोष गरेका भए पनि भारतले यसपटक ओलीकै हातबाट शिलान्यास गराएको छ। यसलाई भारती रणनीतिका रुपमा पनि हेरिएको छ। यस्तो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन दक्षिण एसियामै पहिलो हो।

२०७२ भदौमा सम्झौता भएको उक्त परियोजनाका लागि पाइपलगायतका सामग्री ल्याएर काम अघि बढेको थियो। यसलाई बिहीबार दुई देशका प्रधानमन्त्रीले औपचारिकता दिएका हुन्। पाइपलाइन निर्माणका लागि सामग्री आइसकेकाले अब निर्माण अघि बढ्ने नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। ‘दुई देशका प्रधानमन्त्रीले पाइपलाइन शिलान्यास गर्नुभएको छ,’ भट्टराईले भने, ‘तीव्र गतिमा निर्माण अघि बढ्नेछ।’ निर्माणका लागि आइओसीले ठेकेदार छनोट गरेर पाइप जोड्ने काम अघि बढाएको छ।

परियोजनाको लागत चार अर्ब ४० करोड रुपैयाँ रहेको छ। पाइपलाइन नेपालतर्फ ३७ किलोमिटर छ। भारतसँग सम्झौता गर्दा ४१ किलोमिटर भनिए पनि केही ठाउँ छोट्ट्याएर ३७ किलोमिटरमात्र भएको हो। परियोजनाको नेपालतर्फ लाग्ने दुई अर्ब भारु (तीन अर्ब २० करोड रुपैयाँ) भारत सरकार र ७५ करोड भारु (एक अर्ब २० करोड रुपैयाँ) नेपाल सरकारले लगानी गर्ने सम्झौता भएको थियो। रक्सौलदेखि मोतीहारीसम्मको ३२ किलोमिटरसहित अमलेखगन्ज–मोतीहारी पाइपलाइनको कुल लम्बाइ ६९ किलोमिटर छ। सुरुमा रक्सौल–अमलेखगन्ज पाइपलाइन निर्माण गर्ने भनिए पनि आइओसीले रक्सौल डिपोलाई मोतीहारीमा सिफ्ट गरेपछि भारततर्फको लम्बाइ बढेको हो। लम्बाइ बढेपछि सम्पूर्ण खर्च भारतले व्यहोर्ने भएको छ।

निर्माण सुरु भएको ३० महिनामा परियोजना निर्माण सम्पन्न गर्नुपर्नेछ। ‘हामीले पाइपलाइन बिछ्याउने सबै ठाउँ खाली गरेर १५ महिनामै सम्पन्न गर्ने भारतीय ठेकदारले आश्वासन दिएको छ,’ भट्टराईले भने, ‘सडक र वनको भन्झट हामीले हटाउनुपर्छ।’

नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पिएसजी उत्कृष्ट लयमा
पिएसजी उत्कृष्ट लयमा
कोरोना संक्रमणबाट आज १७ जनाको मृत्यु, कुल मृत्यु हुनेको संख्या ४ सय ५३
माधव नेपाल समूहलाई पदमुक्त गर्लान् त ओलीले ?
माधव नेपाल समूहलाई पदमुक्त गर्लान् त ओलीले ?
सरकारका कामबारे डटेर कुरा राख्नुहाेस: प्रधानमन्त्री अाेली
सरकारका कामबारे डटेर कुरा राख्नुहाेस: प्रधानमन्त्री अाेली
सरकारद्वारा आतंकवादी हमलाको निन्दा, इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध
सरकारद्वारा आतंकवादी हमलाको निन्दा, इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
शाही उपाधि छोड्ने घोषणापछि ह्यारीको पहिलो सार्वजनिक मन्तव्य
शाही उपाधि छोड्ने घोषणापछि ह्यारीको पहिलो सार्वजनिक मन्तव्य
निषेधाज्ञा उल्लंघन गर्नेलाई यस्तो छ कारवाही र जरिवाना
मातृभाषा संरक्षणमा जोड
मातृभाषा संरक्षणमा जोड
टर्कीले युरोप जाने ‘ढोका खोलिदिए’ पछि ग्रीसद्वारा शरणको आवेदन स्थगित
टर्कीले युरोप जाने ‘ढोका खोलिदिए’ पछि ग्रीसद्वारा शरणको आवेदन स्थगित

तपाईंले छुटाउनुभयो कि?