नांगा बाबाका चर्तिकला रोक्न माग गर्दै निवेदन

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २९, २०७४
|
|
५७ पटक हेरिएको
Shares
नांगा बाबाका चर्तिकला रोक्न माग गर्दै निवेदन

सारांश

  • काठमाडौं, २९ माघ – शिवरात्रीको अवसरमा पशुपतिक्षेत्रमा देखिने नांंगा बाबाहरुको चर्तिकला रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।
  •  अधिवक्ता यज्ञमणी न्यौपानेले शिवरात्रीमा पशुपति क्षेत्र वरिपरि र अन्य शिवालयमा नागावावाको चर्तिकलाले महिला बालबालिका माथि यौनहिंसा साथै मनोवैज्ञानिक प्रभाव पर्ने भएकाले रोक लगाउन माग गर्दै रिट दर्ता गरेका हुन्।
  • शिवरात्रीमा भाङ धतुरो, गाँजा चरेस जस्ता लागुपदार्थ सेवन गरेका खरानी दलेका नाङ्गा मानिसहरु बोलाई हिन्दु धर्मालम्बी शिवभक्त महिला बालबालिकामाथि ति नाङगा मानिसको लिङगमा दलेको खरानीको टिका लगाउन लगाउने, लिंगको प्रयोग गरि विभिन्न अश्लिल खेलहरु खेल्ने लगायतका क्रियाकलाप कानुन विपरित भएको रिट निवेदनमा उल्लेख गरिएको छ।

काठमाडौं, २९ माघ – शिवरात्रीको अवसरमा पशुपतिक्षेत्रमा देखिने नांंगा बाबाहरुको चर्तिकला रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। अधिवक्ता यज्ञमणी न्यौपानेले शिवरात्रीमा पशुपति क्षेत्र वरिपरि र अन्य शिवालयमा नागावावाको चर्तिकलाले महिला बालबालिका माथि यौनहिंसा साथै मनोवैज्ञानिक प्रभाव पर्ने भएकाले रोक लगाउन माग गर्दै रिट दर्ता गरेका हुन्।

शिवरात्रीमा भाङ धतुरो, गाँजा चरेस जस्ता लागुपदार्थ सेवन गरेका खरानी दलेका नाङ्गा मानिसहरु बोलाई हिन्दु धर्मालम्बी शिवभक्त महिला बालबालिकामाथि ति नाङगा मानिसको लिङगमा दलेको खरानीको टिका लगाउन लगाउने, लिंगको प्रयोग गरि विभिन्न अश्लिल खेलहरु खेल्ने लगायतका क्रियाकलाप कानुन विपरित भएको रिट निवेदनमा उल्लेख गरिएको छ। रिटमा प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र पशुपति क्षेत्रविकास कोष लगायतलाई विपक्षी बनाइएको छ।

नागावावाहरुलाई अश्लिलरुपमा लिंग खुला राख्न राख्न नदिनु, खुला राखी बस्न नदिनु, नवसाउनु तथा महिला, बालबालिका समेतलाई लिङग छुवाउने, पूजा गराउने तथा लिंग प्रदर्शन गराउने कार्य बन्न गराउन रिटमा माग गरिएको छ।

शिवरात्रीको अवसरमा पशुपति लगायतका शिवालयहरुमा नागा वावाहरुलाई नाङगै हिडडुल गर्न, लिङगको खरानी दल्ने तथा दलिदिने लगायतका कार्य नगर्नु नगराउनु, धार्मिक पर्वका नाममा अश्लिलताको प्रदर्शनको लागि नेपाली रकम खर्चेर सीमापारबाट नाङगा वावाहरु ल्याउने कार्य बन्द गराउन माग छ।

(https://hoyoskitchen.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डडेल्धुरामा चुनावी अभियान तीव्र
डडेल्धुरामा चुनावी अभियान तीव्र
माघ १ गते आज यस्तो छ १२ राशिको दिनदशा र ग्रहगोचर
माघ १ गते आज यस्तो छ १२ राशिको दिनदशा र ग्रहगोचर
सरकारले सात प्रदेशमा संयोजक तोक्न मिल्दैन – नेता नेपाल
सरकारले सात प्रदेशमा संयोजक तोक्न मिल्दैन – नेता नेपाल
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ६० ताेला बढी सुन बरामद
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ६० ताेला बढी सुन बरामद
वेस्टह्याम र ब्राइटनले खेले बराबरी
वेस्टह्याम र ब्राइटनले खेले बराबरी
मानवअधिकारका विषयमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
मानवअधिकारका विषयमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको  प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
गाउँपालिका कार्यालयमा आगजनी, नेकपा जिल्ला अध्यक्षको घरमा बम
गाउँपालिका कार्यालयमा आगजनी, नेकपा जिल्ला अध्यक्षको घरमा बम
उमेर हदका कारण अवकाशमा जान लागेका ५ प्रहरी अधिकारीले सर्वोच्चमा दिए रिट
उमेर हदका कारण अवकाशमा जान लागेका ५ प्रहरी अधिकारीले सर्वोच्चमा दिए रिट
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

तपाईंले छुटाउनुभयो कि?