नागपञ्चमीकाे अवसरमा टौदहमा मेला

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
३९ पटक हेरिएको
Shares
नागपञ्चमीकाे  अवसरमा  टौदहमा मेला

सारांश

  • काठमाडौँ, ३१ साउन ।
  • कीर्तिपुर नगरपालिकामा रहेको टौदहमा नागपञ्चमीका अवसरमा  बिहिबार (आज) मेला लागेको छ ।
  • कर्कोटक नागको बासस्थानको रूपमा परिचित उक्त दहमा प्रत्येक वर्ष काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट पूजा गर्न आउने भक्तजनको भिड लागेको छ ।

काठमाडौँ, ३१ साउन । कीर्तिपुर नगरपालिकामा रहेको टौदहमा नागपञ्चमीका अवसरमा  बिहिबार (आज) मेला लागेको छ ।कर्कोटक नागको बासस्थानको रूपमा परिचित उक्त दहमा प्रत्येक वर्ष काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट पूजा गर्न आउने भक्तजनको भिड लागेको छ । भक्तजनले दूबो, फूल, अक्षतालगायत सामग्रीले नागलाई पूजा गरी दूधको अर्घ दिने र दूधबाट बनाइने विशेष परिकार तथा बारीमा फलेको नयाँ फल चढाउने गर्छन् ।

साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो ।नागपञ्चमीमा उक्त स्थानमा आएर नागका अष्टकूल अर्थात अनन्त, वासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा आराधना गरेमा घर परिवारमा नागको भय नहुने र लक्ष्मीको बास हुने जनविश्वास रहेको स्थानीयवासी किरण केसीले बताएका छन्  ।

यहाँ साँझसम्म नागको पूजा गर्न भक्तजन आउने उनले जानकारी दिए ।पानी र वर्षाका देवताका रूपमा पूजा गरिने नागको संझनामा आज दिनभर व्रत बस्ने र सूर्यास्त भएपछि नागको पूजा गरी खीर खाने गरिन्छ ।नक्सालको नागपोखरी, ललितपुरस्थित धापाखेलको नागदह, भक्तपुरको सिद्धपोखरीलगायत देशका विभिन्न नागदहमा आज मेला लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?