नागरिकता ऐनसम्बन्धि विधेयकमा खनालको राष्ट्रिय अडान
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
काठमाडौं, ८ असाेज। सरकारको कार्यशैली प्रति असन्तुष्ट व्यक्त गर्दै आएका नेकपा नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याएको नागरिकता ऐनसम्बन्धि विधेयकप्रति असन्तुष्टि जनाएका छन्। राष्ट्रियताका सवालमा दृढ देखिने खनालले सरकारले ल्याएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रति असन्तुष्टि जनाए। उनले उक्त विधेयक त्रुटिपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन सरकार र संसदलाई खवरदारी गर्न पनि उनले नागरिक समाजका अगुवाहरुलाई आग्रह गरे।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय हितलाई प्रवद्र्धन गर्न पनि संघीय संसद र सरकारले सो विधेयकलाई सच्याउनुको विकल्प नरहेको पनि बताए। वरिष्ठ नेता खनालले नागरिकता दिने कामलाई सरकारले सचेत ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याए। उनले नागरिकता वितरणसम्बन्धि हालको विवादलाई समाधान गर्न राष्ट्रिय बहसकै आवश्यक्तामा पनि जोड दिए। मधेसी केन्द्रित दलले नागरिकतालाई प्रमुख राजनीतिक मुद्दा बनाइरहेका बेला पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भने नागरिकता ऐन सम्बन्धि विधेयकप्रति असन्तुष्टि जनाएका हुन्।
प्रतिक्रिया