नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संसदको अपमान -गठबन्धन

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ५, २०७९
|
|
३४ पटक हेरिएको
Shares
नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संसदको अपमान -गठबन्धन

सारांश

  • काठमाडौ ।
  • नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संसदको अपमान गरेको गठबन्धन दलका नेताहरुले निष्कर्ष निकालेको छ ।
  • बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलका नेताहरुको बैठकमा संसदले पास गरेर पठाएको १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नुहनु जननिर्वाचित संसदको अपमान र अवमूल्यन भएको निष्कर्ष निकालेको हो ।

काठमाडौ । नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संसदको अपमान गरेको गठबन्धन दलका नेताहरुले निष्कर्ष निकालेको छ ।

बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलका नेताहरुको बैठकमा संसदले पास गरेर पठाएको १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नुहनु जननिर्वाचित संसदको अपमान र अवमूल्यन भएको निष्कर्ष निकालेको हो ।

यसअघि साउन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्दै सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । तर, फेरि प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पास गरेर भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका थिए ।

तर, राष्ट्रपति भण्डारीले मंगलबार मध्यरातीसम्म प्रमाणिकरण नगरेपछि १५ दिनको समय सकिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?