नाममात्रैकाे घाेषणा र अभियान, बजारमा छ्यापछ्याप्ती भेटिन्छन् प्लास्टिक

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २२, २०७४
|
|
४१ पटक हेरिएको
Shares
नाममात्रैकाे घाेषणा र अभियान, बजारमा छ्यापछ्याप्ती भेटिन्छन् प्लास्टिक

सारांश

  • साविक पोखरा उपमहानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत नवराज ढुंगानाले २०७३ साल कात्तिक २४ गते पोखरा सभागृह हलको सरकारी, गैरसरकारी, नागरिक समाजलाई साक्षी राखेर ‘पोखरालाई प्लास्टिक झोला र गिलास मुक्त क्षेत्र घोषणा गरे ।
  •   तर पोखरा हङकङ बजारमा फलफूल तथा तरकारी व्यापार गर्ने नवराज पौडेल सधै प्लास्टिकको झोला प्रयोग गरिरहेको बताउँछन् ।
  • उनले भने, ‘मैले कहिले पनि प्लास्टिकको झोला प्रयोग गर्नरोकिनँ।

साविक पोखरा उपमहानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत नवराज ढुंगानाले २०७३ साल कात्तिक २४ गते पोखरा सभागृह हलको सरकारी, गैरसरकारी, नागरिक समाजलाई साक्षी राखेर ‘पोखरालाई प्लास्टिक झोला र गिलास मुक्त क्षेत्र घोषणा गरे ।

 

तर पोखरा हङकङ बजारमा फलफूल तथा तरकारी व्यापार गर्ने नवराज पौडेल सधै प्लास्टिकको झोला प्रयोग गरिरहेको बताउँछन् । उनले भने, ‘मैले कहिले पनि प्लास्टिकको झोला प्रयोग गर्नरोकिनँ।’ सामान किन्न आउनेहरुले पनि प्लास्टिकको झोला नै माग्ने गरेको र आफूहरुलाई पनि प्रयोग गर्न सजिलो भएको उनी बताउँछन् ।

 

महानगरपालिकाबाट अनुगमन गर्दा पौडेलले लुकाए पनि सधै प्लास्टिकको झोला प्रयोग गरिरहे ।उनी आजभोलि अनुगमन गर्ने टोली नै नदेखेको बताउँछन् । पोखराका सानाठूला सबै पसलमा प्लास्टिक झोला छ्यापछ्याप्ती प्रयोग भइरहेको छ । यस विषयमा महानगरपालिका मौन छ ।

 

प्लास्टिकको झोला र गिलास हटाउनेकै लागि २०७२-७३ मा नगरपालिकाको तर्फबाट १० लाख ८३ हजार ६ सय ६० रुपैयाँ खर्च भएको लेखा शाखा अधिकृत छविलाल शर्माले बताए । नगरपालिकाभन्दा बाहिर महिला समूह तथा वडा कार्यालयबाट पनि थप रकम खर्च भएको छ ।

 

प्लास्टिकको झोला र गिलास प्रयोग गर्नेलाई ५० हजार रुपैयाँसम्मको जरिवाना र अन्य कारबाही हुने प्लास्टिक मुक्त क्षेत्र घोषण कार्यक्रममा सुनाइएको थियो ।

 

पोखरा लेखनाथ महानरपालिकाका मेयर मानबहादुर जिसीले यस विषयमा ठोस निर्णय नभएको उनले बताए । प्लास्टिकको प्रयोग बढेकोबारे कार्यपालिकामा छलफल भइरहेको उनले समाधानलाई जानकारी दिए । ‘अहिले अनुगमन गर्ने निकायको अभाव महसुस गरेका छौं,’ उनले भने, ‘अब नियम कानुन बनाएर प्लास्टिकको झोलाको व्यवस्थापन गर्न लाग्छौं ।’

 

उनले पहिला प्लास्टिक उद्योग व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने खाँचो औंल्याए । प्लास्टिक उद्योग तथा व्यवसायीले यसै विषयमा नगरपालिकाविरुद्ध हालेको मुद्दामा नगरपालिकाको पक्षमा फैसला भएपछि ‘मुक्त’घोषणागरिएको थियो । जिसीले नगरमा थपिएका क्षेत्रमा आवश्यक सूचना दिएरयोजना अगाडि बढाउने बताएका छन् ।

घोषणा गर्दा १८ वडामात्र थिए अहिले महानगरमा ३३ वटा वडा भएका छन् । प्लास्टिक प्रयोग गर्ने बानी, प्रयोग गर्न सजिलो, प्रयोगको क्षेत्रहरु धेरै जस्ता विषय घोषणा कार्यान्वयनका लागि चुनौतीहरु रहेको जिसीले सुनाए ।

 

नगरभित्र २० माइक्रोनभन्दा पातलोप्लास्टिकको कानेझोला र गिलास प्रयोग गर्न रोकको घोषणा गरिएको थियो । निरीक्षण महाशाखा प्रमुख वसन्त चालिसेले कानेझोला प्रयोगमा निरीक्षणको काम नै वातावरण शाखामा पर्ने बताए ।

 

महानगरको वातावरण महाशाखा वरिष्ठ इन्जिनियर सुरेन्द्र पाण्डेले प्लास्टिक मुक्त घोषणाबारे योजना बनाएर अगाडि बढ्ने बताए । ‘अहिले पनि अनुगमन टोली बजारमा छ, टोलटोलमा अनुगमन छ,’ उनले दाबी गरे, ‘अहिले आत्तिन पर्दैन काम भइहाल्छ ।’

(https://ausoma.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्को वर्षदेखि कोरियन भाषा अनलाइनबाट
अर्को वर्षदेखि कोरियन भाषा अनलाइनबाट
सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप
सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप
पाँच दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
पाँच दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यी हुन् राप्रपाले आयोगमा बुझाएका समानुपातिक सांसद [सूचीसहित]
यी हुन् राप्रपाले आयोगमा बुझाएका समानुपातिक सांसद [सूचीसहित]
नेपालको कानुनी इतिहासमा पहिलो पटक महिला महान्यायाधिवक्ता पदमा सविता भण्डारी
प्रधानमन्त्री भन्छन् ‘कसैलाई दमन गर्ने नीति लिएको छैन’
प्रधानमन्त्री भन्छन् ‘कसैलाई दमन गर्ने नीति लिएको छैन’
सिन्धुलीमा बोलेरो दुर्घटना, चारको मृत्यु, सात जना घाइते
सिन्धुलीमा बोलेरो दुर्घटना, चारको मृत्यु, सात जना घाइते
काठमाडौंमा फेरी भूकम्प गए २२ हजार भन्दा बढी मानिस मर्ने, यस्तो छ अध्ययन प्रतिवेदन
काठमाडौंमा फेरी भूकम्प गए २२ हजार भन्दा बढी मानिस मर्ने, यस्तो छ अध्ययन प्रतिवेदन
नेकपा फुट्ला र पालो आउँछ भन्ने नसोचे हुन्छः प्रचण्ड
नेकपा फुट्ला र पालो आउँछ भन्ने नसोचे हुन्छः प्रचण्ड
आफ्नै बुबाको हत्या गर्न बमको अर्डर गरेपछि…
आफ्नै बुबाको हत्या गर्न बमको अर्डर गरेपछि…