निःशुल्क स्वास्थ्य शिविर शुरु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
४९ पटक हेरिएको
Shares
निःशुल्क स्वास्थ्य शिविर शुरु

सारांश

  • धनकुटा, ८ कात्तिक ­, गरीब, असाहय तथा पहुँचबिहीनहरुका लागि धनकुटा अस्पतालमा हिजोदेखि वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर शुरु भएको छ ।
  • अलोहा मेडिकल मिसन अमेरिकाको आयोजनामा धनकुटा र आसपासका बिरामीलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।
  • बृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरको उद्घाटन गर्नुहँुदै प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले गरीब र असहायका लागि शिविर निकै फलदायी हुने बताउनुभयो ।

धनकुटा, ८ कात्तिक ­, गरीब, असाहय तथा पहुँचबिहीनहरुका लागि धनकुटा अस्पतालमा हिजोदेखि वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर शुरु भएको छ ।

अलोहा मेडिकल मिसन अमेरिकाको आयोजनामा धनकुटा र आसपासका बिरामीलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।

बृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरको उद्घाटन गर्नुहँुदै प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले गरीब र असहायका लागि शिविर निकै फलदायी हुने बताउनुभयो ।

कात्तिक १७ गतेसम्म धनकुटा अस्पतालमा सञ्चालन हुने स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकी चिकित्सकद्वारा पित्तको पत्थरी, पाठेघर, हर्निया, हाइड्रोसिल, पायल्स, गाठागुठीको शल्यक्रिया, दातको उपचार, कृत्रिम हात वितरण गरिने शिविर आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले बताउनुभयो ।

दश दिनसम्म सञ्चालन हुने शिविरबाट धनकुटा र आसपासका सयौँ बिरामी लाभान्वित हुने आयोजकले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?