निर्मलाको न्यायका निम्ति स्वेच्छिक गिरफ्तारी माग्दै प्रदर्शन
सारांश
- काठमाडौं, १८ असोज ।
- “निर्मलाका निम्ति न्याय” अभियानका अभियन्ताहरुले बिहीबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका छन् ।
- स्वेच्छिक गिरफ्तारी गर्न सरकारलाई आग्रह गर्दै निर्मलाका निम्ति न्यायको लागि उनीहरु सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका हुन् ।
काठमाडौं, १८ असोज । “निर्मलाका निम्ति न्याय” अभियानका अभियन्ताहरुले बिहीबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका छन् । स्वेच्छिक गिरफ्तारी गर्न सरकारलाई आग्रह गर्दै निर्मलाका निम्ति न्यायको लागि उनीहरु सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका हुन् ।
अभियन्ताहरुले बिहीबार बिहान ११ बजे निषेधित क्षेत्र घोषणा गरिएको सो ठाउँमा प्रदर्शन गर्नुका साथै धर्ना दिएका हुन् । उनीहरूले गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्बेन्द्र खनालको राजीनामा माग्दै नारा समेत लगाएका थिए । उनीहरुले आजै दिउँसो २ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दैछन् ।
निर्मलाका लागि न्याय माग्दै यसअघि पनि देशव्यापी विरोध कार्यक्रमहरु भइरहेका छन् । गत साउन ११ गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।
प्रतिक्रिया