निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ५, २०७५
|
|
४० पटक हेरिएको
Shares
निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित

सारांश

  • भीमदत्तनदगर।
  • कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन्।
  • विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक हुन्।
भीमदत्तनदगर। कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन्। विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक हुन्। हाल उनी बर्खास्त छन्। 
कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले अदालतको ३५ दिने सूचना जारी भएका बेला बर्खास्त प्रहरी उपरीक्षक विष्ट केहीबेर अघि अदालतमा निवेदनसहित उपस्थित भएको बताए। 
निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित केही प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा गत पुसमा उजुरी दिएका थिए। श्रेष्तेदार अवस्थीले अदालतमा उपस्थित भएका विष्टको बयानपछि थुनछेक बहस हुने जानकारी दिए। 
उनीसँगै अदालतमा अनुपस्थित रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी भने उपस्थित भएका छैनन्। मुद्दाका आरोपी अन्य प्रहरी कर्मचारी यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत कञ्चनपुरले उनीहरुलाई रु दुई लाख ५० हजारदेखि पाँच लाखसम्म धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरी भनेर गर्भपतन नगर्नुस्, ५ वर्ष जेल जानुपर्ला नि!
छोरी भनेर गर्भपतन नगर्नुस्, ५ वर्ष जेल जानुपर्ला नि!
जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त
जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त
भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपतिको आह्वान
भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपतिको आह्वान
चार वर्षमा ३० बलात्कार
चार वर्षमा ३० बलात्कार
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
विदेशी ज्वाइँलाई १५ र बुहारीलाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव
विदेशी ज्वाइँलाई १५ र बुहारीलाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव
विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध
विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध
सडक दुर्घटना परीआज उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्कीको मृत्यु
लोसपाकाे सार्वजनिक घोषणापत्र : नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन
लोसपाकाे सार्वजनिक घोषणापत्र : नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन
आज सोमबार, यस्तो छ तपाईंको राशिफल
आज सोमबार, यस्तो छ तपाईंको राशिफल