निर्मला हत्या प्रकरण: प्रचण्डले फाेन गरे अाेलीले सहमति जनाए!

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र ९, २०७५
|
|
४८ पटक हेरिएको
Shares
निर्मला हत्या प्रकरण:  प्रचण्डले फाेन गरे अाेलीले सहमति जनाए!

सारांश

  • काठमाडाैं, ९ भदाै ।
  •  शनिबार बिहानै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौंमा उपलब्ध प्रमुख नेताहरुसहित सचिवालयको आकस्मिक बैठक बोलायो ।
  • बैठकको विषय थियो– निर्मला हत्याकाण्डपछि सिर्जना भएको परिस्थिति ।

काठमाडाैं, ९ भदाै । शनिबार बिहानै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौंमा उपलब्ध प्रमुख नेताहरुसहित सचिवालयको आकस्मिक बैठक बोलायो । बैठकको विषय थियो– निर्मला हत्याकाण्डपछि सिर्जना भएको परिस्थिति । बैठकमा कञ्चनपुर घटनाका हरेक पक्षका बारेमा चर्चा भए । र, बैठकले घटनाको आशंकाको दायरामा रहेका सबैलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने निश्कर्ष निकाल्यो । यसका पछाडि अध्यक्ष प्रचण्डले खेलेको भूमिका प्रमुख थियो ।

शुक्रबार साँझ ७ बजे प्रचण्ड निवासमा निर्मला हत्याकाण्डकै बारेमा छलफल भएको थियो । सात नम्बर प्रदेशका पूर्व माओवादी केन्द्रका इन्चार्ज लेखराज भट्टसहित कञ्चनपुर जिल्लाका सांसद तथा नेताहरुको उपस्थिति थियो छलफलमा । उता कञ्चनपुरमा गोली लागेर एकजनाको मृत्यु भएको समाचार आइरहेको थियो । छलफलमा प्रचण्डले घटनाबारे सुरुदेखिको विवरण सुनाउन नेता भट्टसँग आग्रह गरे । त्यसपछि छलफलमा सहभागी सबैले यसबारेमा आ–आफ्ना धारणा राखे ।

निर्मला पन्त साथीको घरमा गएको देखि बम दिदी बहिनीहरुलाई अनुसन्धानमा सूत्रको रुपमा नलिइएको, प्रतिवेदन अविश्वसनीय रहेको, विरोधी तत्वहरुले आन्दोलनलाई सरकारविरोधी स्वरुप दिन खाजेको जस्ता कैयन पक्षमा चर्चा परिचर्चा भए ।

प्रचण्डले सबै कुरा सुने, सबै पक्षबाट विश्लेषणसहित आवश्यक जानकारी मागे ।

र, तत्कालै प्रधानमन्त्रीका स्वकीय सचिवलाई फोन गरे । प्रधानमन्त्री ओली क्याबिनेट बैठकमा रहेछन्। ‘कञ्चनपुरमा स्थिति नियन्त्रणबाहिर छ ।’ प्रचण्डले फोनमा सबै स्थिति वर्णन गर्दै भने, ‘गृहले मात्रै यो अवस्था नियन्त्रण गर्न सक्दैन, प्रधानमन्त्रीलाई नै तत्काल सबै कुरा समीक्षा गरेर थप पहल गर्न मेरो सन्देश पु¥याइदिनु ।’ उनले भने ।

कञ्चनपुर घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने र सुरक्षास्थिति थप कडा गर्न प्रचण्डको जोड थियो ।कञ्चनपुर घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने र सुरक्षास्थिति थप कडा गर्न प्रचण्डको जोड थियो ।

र, आज शनिबार बिहान प्रचण्डले यही कुरा राखे बैठकमा । प्रधानमन्त्री ओलीले तत्कालै सहमति जनाए । उनले जिल्लामा सुरक्षा व्यवस्था कमाण्डमा चल्न नसकेको र विगतमा सुरक्षा प्रशासनले नै घटनालाई संवेदनशील ढंगले अनुसन्धान नगरेकोले स्थिति बल्झिएको बताउँदै तत्काल अनुसन्धानलाई नयाँ ढंगबाट अघि बढाउन निर्देशन दिए ।

प्रधानमन्त्रीको निर्देशनसँगै यसअघि अनुसन्धानको दायरामा नआएका बम दिदी बहिनीदेखि केही अन्यलाई प्रहरीले पक्राउ गरेको छ । गृहका उपसचित मैनालीले अब अनुसन्धान नयाँ शिराबाट शुरु हुने बताएका छन् । यसको अर्थ हो, अब शून्यबाट अनुसन्धान हुने छ । यद्यपी यो बीचमा कैयन् प्रमाणहरु नष्ट गरिएको हुनसक्ने अवस्था भने नभएको होइन । मैनालीका अनुसार, अब विगतमा चार्ज लिएका अनुसन्धान अधिकृतहरुमाथि समेत अनुसन्धान हुन सक्छ ।

स्थानीय चर्चाका अनुसार, प्रहरी अधिकृतकै परिवारका व्यक्तिहरुमाथि आशंका गरिएको छ । यद्यपी यो कुराको कुनै आधिकारिक पुष्टि भने हुन सकेको छैन । तर बम दिदी बहिनीहरुका कैयन गतिविधि भने प्रत्यक्षरुपमा नै शंकाष्पद रहेको स्थानीय बताउँछन् ।

भट्ट नेताद्वयको अथक प्रयास
प्रचण्डदेखि गृहमन्त्रीसम्म कञ्चनपुर घटनामा संवेदनशील बनाउन अथक प्रयास खेले नेता लेखराज भट्ट र दीपक भट्टले । दीपक घटना घटेको कञ्चनपुर क्षेत्र नं। ३ बाट संघीय संसदका सांसद हुन । दुबै नेताले यसअघि गृह मन्त्रीसँग पटक पटक भेटेर कञ्चनपुर घटनामा उच्चस्तरीय छानबीन समितिको माग गर्दै आएका थिए । यद्यपी गृहले भने निकै ढिला गरी मात्रै यसअघिका सुरक्षा र प्रशासनलाई फेर्ने निर्णय ग¥यो । त्यो पनि बुधबार साँझ प्रचण्ड र ओलीबीच भएको छलफलपछि प्राप्त निर्देशनका आधारमा मात्रै । त्यसअघि घटनालगत्तै मन्त्री बीना मगरको नेतृत्वको टोलीले समेत गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

अब के होला ? 
पछिल्लो विकसित भएको घटनाक्रमले बलात्कारविरुद्ध राष्ट्रिय आन्दोलनको जन्म दिएको छ । बलात्कारविरुद्ध कडा कानुनको मागदेखि प्रहरी प्रशासनले बलात्कारीलाई नै संरक्षण गर्न सक्ने किसिमको माहौल यतिखेर बनेको छ । ठीक यही बेला बानेश्वर प्रहरी वृत्तले समेत बलात्कार भएको भन्दै उजुरी गर्न आएकी युवतीसँग प्रमाण ल्याउ भनेर कार्वाही ढिला गरेको खबर सार्वजनिक भएपछि गृह मन्त्रालय निशानामा पर्नु स्वभाविकै पनि हो ।

निर्मला हत्याको विषय अहिले पनि रहस्यमा नै छ । कञ्चनपुरका गल्ली गल्ली र चोक चोकमा आ आफ्नै किसिमका आँकलन छन् । तर कोही पनि अभियुक्त भनेर प्रस्तुत गरिएका दिलिप विष्टलाई हत्यारा मान्न तयार छैनन् । छानबीन टोलीले नयाँ ढंगले अनुसन्धान गर्ने भनेको अवस्थामा अनुसन्धान अलि व्यापक हुने अनुमान गर्न सकिन्छ । खासगरी निर्मला पन्त बम बहिनीहरुको घरमा गएको, सोही साँझ निर्मलाकी आमा बमको घरमा जाँदा रुखो व्यवहार प्रस्तुत गरिएको र घरभित्र हेर्न नदिएको जस्ता कतिपय बयानले घटना अब नयाँ कोणतर्फ मोडिएको देख्न सकिन्छ ।

तर कानुनी कारबाहीका लागि भने चर्चा या बयान भन्दा पनि ठोस प्रमाण आवश्यक पर्ने भएकोले नयाँ छानबीन टोलीले ती प्रमाणहरु जुटाउन सक्ला या नसक्ला त्यो भने भविष्यको गर्भमा छ ।तर घटनाका सबै सूत्रहरुलाई कडाईपूर्वक सूक्ष्मरुपमा अनुसन्धान गर्न सकिए निर्मलाले न्याय पाउनेमा आशा गर्न सकिने ठाउँ भने नभएको होइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीले घुस मागे ९८५१२-०५५५५ मा फोन गर्नुहोस्
प्रहरीले घुस मागे ९८५१२-०५५५५ मा फोन गर्नुहोस्
कक्षा १०का विद्यार्थीले बनाएको गाडी चलाएरै देखाएपछि….
कक्षा १०का विद्यार्थीले बनाएको गाडी चलाएरै देखाएपछि….
गाईघाट–दिक्तेल सडक अवरुद्ध, सडक खुलाउन स्कूलका हेड सर नै बाधक
गाईघाट–दिक्तेल सडक अवरुद्ध, सडक खुलाउन स्कूलका हेड सर नै बाधक
चर्चित उपन्यासकार सुबिन भट्टराईलार्इ लाग्याे चाेरिकाे अाराेप !
चर्चित उपन्यासकार सुबिन भट्टराईलार्इ लाग्याे चाेरिकाे अाराेप !
अझैपनि गोली चलाउने अधिकार सीडीओलाई नै
अझैपनि गोली चलाउने अधिकार सीडीओलाई नै
ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई तपाईको फिगर राम्रो छ भनेपछि, ट्रम्प आलोचनाको शिकार भए
ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई तपाईको फिगर राम्रो छ भनेपछि, ट्रम्प आलोचनाको शिकार भए
स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग
स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग
हिजो साँझदेखि लागेको आगो बिहान ४ बजे नियन्त्रण
हिजो साँझदेखि लागेको आगो बिहान ४ बजे नियन्त्रण
भन्सार एजेन्टमा रोजगारीको अवसर
भन्सार एजेन्टमा रोजगारीको अवसर
१० वर्षपछि विदेशीहरु काम खोज्दै नेपाल आउने, नेपाली भने विदेश घुम्न जाने : मन्त्री ज्ञवाली
१० वर्षपछि विदेशीहरु काम खोज्दै नेपाल आउने, नेपाली भने विदेश घुम्न जाने : मन्त्री ज्ञवाली

तपाईंले छुटाउनुभयो कि?