नुवाकाेटमा बस दुर्घटना, दुईकाे मृत्यु !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन २६, २०७५
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • बेत्रावती, २६ असोज ।
  • नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
  • मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् ।

बेत्रावती, २६ असोज । नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् । उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

बा १ ख ६३५६ नंको बस दुर्घटनामा हुँदा बसमा सवार यात्रीमध्ये १५ भन्दाबढी घाइते भएका छन् । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बाँकी घाइतेलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको छ । गणेशस्थानको छेरी खोलामा आइपुग्दा बस अनियन्त्रित भएर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?