फर्निचरबाट काठ चोर्ने गिरोह पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
३९ पटक हेरिएको
Shares
फर्निचरबाट काठ चोर्ने गिरोह पक्राउ

सारांश

  • भक्तपुर, ११ साउन ।
  •   महानगरीय प्रहरी परिसर भक्तपुरले काठ चोर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
  • प्रहरीले साउन ९ गते सूर्यविनायक नगरपालिका–४ दधिकोट एकताचोकमा शिवजी श्रेष्ठले सञ्चालन गरेको खाँडादेवी फर्निचर उद्योगबाट काठ चोरी गरी लैजाने क्रममा पक्राउ गरेका गिरोहलाई सार्वजनिक गरेको हो ।

भक्तपुर, ११ साउन ।  महानगरीय प्रहरी परिसर भक्तपुरले काठ चोर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले साउन ९ गते सूर्यविनायक नगरपालिका–४ दधिकोट एकताचोकमा शिवजी श्रेष्ठले सञ्चालन गरेको खाँडादेवी फर्निचर उद्योगबाट काठ चोरी गरी लैजाने क्रममा पक्राउ गरेका गिरोहलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दोलखा गौरीशंखर–६ घर भई हाल सूर्यविनायक बस्ने २३ वर्षीय भिम तामाङ, सिन्धुली ध्याङ्ले–७ घर भई हाल सूर्यविनायक बस्ने १७ वर्षीय टल्के थोकर, सिन्धुली ध्याङ्कले–७ घर भई हाल सूर्यविनायक बस्ने २० वर्षीय राजकुमार थोकर, रामेछाप सुनपाती–२ घर भई हाल ललितपुर ज्यासलमा बस्ने ३२ वर्षिय दिपाक खपाङ्गी रहेका छन् । प्रहरीले गिरोहलाई खाँडादेवी फर्निचर उद्योगबाट करिव २६ क्यूफिट सालको काठ चोरी गरी भाग्दै गरेको बा १ ख ८६१० नं को मिनीट्रक र चालक काभ्रे फुलबारी–३ घरभई हाल ललितपुर ग्वार्को बस्ने २२ वर्षीय विकास तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए ।

उनीहरुको अरु गिरोहसँग मिलेमतो छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको पोखरेलले बताए । त्यसैगरी मध्यपुर थिमी नगरपालिका–६ गाँखुस्थित नविनकुमार बुढाथोकीको घरबाट सुन र नगद चोरी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरी सर्वाजनकि गरेको छ । दोलखा वैदेश्वर गाउँपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–१ दुवकोट बस्ने ४० वर्षीय पशुपति रिमाललाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

खानतलासीको क्रममा रिमालको कोठाबाट २ तोला ५१ लालको २ थान सुनको सिक्री, २ तोला २५ लालको सुनको मंगलसुत्र १ थान, १ तोला १६ लालको सुनको हातमा लगाउने बाला १ थान, सुनको १ तोलाको बेरुवा औंठी १ थान, १८ तोला चाँदीको टिकादानी १ थान र बिभिन्न कम्पनीका मोबाइलहरु ५ थान बरामद गरेको प्रनाउ पोखरेलले जानकारी दिए । उनमाथि चोरीका मुद्दा दर्ता गरी थप अनुसन्धानको कार्य भइरहेको पनि उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?